१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

प्रधानमन्त्रीले कांग्रेस उम्मेदवारलाई बाँडेको ७ करोड २२ लाख कहाँबाट आयो ?



काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना उम्मेदवारलाई बाटो खर्च भन्दै ७ करोड २२ लाख बढी रुपैयाँ वितरण गरेपछि त्यसको स्रोत’ प्रश्न उठेको छ ।

प्रधानमन्त्री देउवाले सो रकम कहाँबाट ल्याए ? भन्दै त्यसको स्रोत सार्वजनिक गर्नुपर्ने माग सर्वत्र उठेको हो । प्रधानमन्त्री देउवाले बाटो खर्च भन्दै आफ्ना उम्मेदवारलाई बाँडेको ७ करोड २२ लाख बढी रकम राज्यका विभिन्न उच्च पदस्थबाट संकलन गरेको हुन सक्ने भन्दै त्यो अपारदर्शी रकमको खोजबिन हुनुपर्ने माग सुशासन क्षेत्रका विज्ञले गरेका छन् । यद्यपि, अन्य दलहरूले पनि भित्री रूपमा आफ्ना उम्मेदवारलाई पैसा वितरण गरेको हुन सक्ने भन्दै त्यस्तो रकमको स्रोत सबैले सार्वजनिक गर्नुपर्ने माग विज्ञहरूको छ ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्यमा कांग्रेसबाट उम्मेदवार बनेका ९१ जना र प्रदेशसभाबाट उम्मेदवार बनेका १ सय ७९ गरी २ सय ७० जनालाई ७ करोड २२ लाख रुपैयाँ वितरण गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएकालाई ४ लाख र प्रदेशसभातर्फ उम्मेदवारी दिएकालाई २ लाखका दरले वितरण गरिएको हो ।

प्रशासनविद् तथा सुशासन विज्ञ शारदाप्रसाद त्रितालले प्रधानमन्त्रीले आफ्ना उम्मेदवारलाई बाँडेको ७ करोड २२ लाख रकमको स्रोत’ प्रश्न उठाएका छन् । उनले सो रकम कहाँकहाँबाट कसरी संकलन गरिएको हो त्यसको फेहरिस्त विवरण जनतासमक्ष ल्याउनुपर्ने माग गरे । ‘प्रधानमन्त्री र उहाँका निकटले राज्यशक्तिको दुरुपयोग गरेर पैसा उठाएको हुन सक्छ, यदि त्यसो होइन भने त्यो ७ करोड २२ लाख कसरी संकलन भयो ? त्यसको विवरण सार्वजनिक गर्नुपर्छ,’ त्रितालले राजधानीसँग भने । उनले शुभेच्छुकबाट संकलन भएको हो भने पनि कुनकुन शुभेच्छुकले कति कति दिए, एक/एक सार्वजनिक हुनुपर्ने बताए ।

‘संकलन गरिएको रकम’ सार्वजनिक गर्न नसक्ने हो भने प्रधानमन्त्रीले सरकारका विभिन्न ओहोदामा बसेका व्यक्तिबाटै रकम उठाएको सहजै अनुमान गर्न सकिन्छ जुन अख्तियारको ठाडो दुरुपयोग हो,’ सुशासनविद् त्रितालले भने । सुशासनविद्का अनुसार विशेषगरी हरेक जसो निर्वाचनमा सत्तामा बसेकाले निर्वाचनलाई आपूm अनुकूल बनाउन सामदाम दण्ड भेदको नीति प्रयोग गर्ने गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीहरूले प्रहरी, तथा निजामती क्षेत्रका उच्च पदस्थसँग रकमको जोहो गरिदिन आग्रह गर्दै सेटिङ गर्ने गरेको सुशासनविद्को अनुभव छ । ‘चुनावका समयमा विशेषगरी सत्ताधारी तथा अन्य शक्तिशाली व्यक्तिले राज्यसत्तामा रहेकाबाटै सेटिङ गरी करोडाैं रुपैया संकलन गर्ने प्रवृत्ति नयाँ होइन, अहिले पनि त्यस्तै भएको हुन सक्छ,’ सुशासनविद् त्रितालले भने । त्रितालले दलहरूले निर्वाचन आयोगमा पेस गरेको खर्च विवरणका आधारमा निर्वाचन आयोगले यस्तो आम्दानी र खर्च’ कडाइ गर्न सक्ने बताए ।

यस विषयमा निर्वाचन आयोगले समेत उचित कदम चाल्नुपर्ने सुझाव विज्ञको छ । कांग्रेस केन्द्रीय कार्यालयले भने पार्टीको क्रियाशील सदस्यता, नवीकरण तथा लेवीलगायत बापत उठेको पैसा उम्मेदवारलाई वितरण गरिएको दाबी गरेको छ ।

अख्तियारको दुरुपयोग होः शारदाप्रसाद त्रिताल (प्रशासन तथा सुशानविद्)

सो रकम कहाँकहाँबाट कसरी संकलन गरिएको हो त्यसको स्रोतसहितको फेहरिस्त विवरण जनतासमक्ष ल्याउनुपर्छ । प्रधानमन्त्री र उहाँका निकटहरूले राज्यशक्तिको दुरुपयोग गरेर पैसा उठाएको हुन सक्छ, यदि त्यसो होइन भने त्यो ७ करोड २२ लाख कसरी संकलन भयो त्यसको विवरण सार्वजनिक गर्नुपर्छ । शुभेच्छुकबाट संकलन भएको हो भने पनि कुनकुन शुभेच्छुकले कतिकति दिए ? एकएक सार्वजनिक गरिनुपर्छ । संकलन गरिएको रकम’मा सार्वजनिक गर्न नसक्ने हो भने प्रधानमन्त्रीले सरकारका विभिन्न ओहोदामा बसेका व्यक्तिबाटै रकम उठाएको सहजै अनुमान गर्न सकिन्छ जुन अख्तियारको ठाडो दुरुपयोग हो । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ७ : ०३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम