१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

यसरी तात्दैछ जुम्लाको चुनावी माहोल



जुम्ला । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ ।

जिल्लामा सत्तारुढ दलको गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् । प्रतिनिधिसभा एक र प्रदेशसभा दुई क्षेत्र रहेको जिल्लामा तीन पदका लागि १३ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभातर्फ चार जना, प्रदेशसभा क्षेत्र (१) मा १ स्वतन्त्रसहित तीन जना चुनावी मैदानमा होमिएका छन् । प्रदेश ९२० मा १ स्वतन्त्रसहित चार जना उम्मेदवार छन् ।

विसं २०६४ मा नेकपा (माओवादी) केन्द्र, २०७० मा नेपाली कांग्रेस र २०७४ माओवादी र एमालेबीच गठबन्धन हुँदा माओवादीले जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेको थियो । विसं २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले-माओवादी र कांग्रेस-राप्रपाले तालमेल गरेका थिए । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले पाँच पालिको प्रमुख, तीन उपप्रमुखसहित २६ वडाध्यक्ष जितेको थियो । माओवादी केन्द्रले दुईवटा पालिका प्रमुख, चार उपप्रमुख, १९ वडामा अध्यक्ष जितेको छ । एकीकृत समाजवादीले एक पालिकाको उपाध्यक्षसहित छ वडाध्यक्ष जितेको छ । एमालेले कुनै पनि पालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गर्न सकेन । जिल्लाका ६० वडामध्ये छ वडाध्यक्ष मात्रै एमाले जितेको छ ।

राप्रपाले कुनै वडाध्यक्ष जितेको छैन । एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । वडाध्यक्षको मतभार हेर्दा कांग्रेसको आठ हजार छ सय ५५, माओवादीको छ हजार चार सय ३९, एमालेको दुई हजार एक सय ५७ र एकीकृत समाजावादीको एक हजार पाँच सय ९६ मत छ । राप्रपाको पाँच सय ४० मत रहेको छ ।

प्रतिनिधिसभामा त्रिपक्षीय प्रतिस्पर्धा

प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट माओवादीका गोमा गौतम कँुवर, एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्ले पनि चुनावी मैदानमा छन् । विसं २०७० को चुनावमा माओवादी केन्द्रबाट सामानुपातिक सांसद हुँदै पशुपन्छी विकास राज्यमन्त्रीसमेत भएकी गौतमलाई यसपालि सत्तारुढ दल कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । गठबन्धनसँग एकल प्रतिस्पर्धा गर्न एमालेले प्रतिनिधिसभा सदस्यका लागि जिल्ला पार्टी इञ्जार्च तथा केन्द्रीय सदस्य पूर्व तिला गाउँपालिका अध्यक्ष भएका योगीलाई चुवानी मैदानमा खडा गरेको छ ।

विसं २०७४ मा एकमात्र स्थानीय तह जितेको एमालेले गत वैशाख ३० मा भएको स्थानीय चुनावमा कुनै पनि पालिका जितेको छैन । जिल्लाबाट प्रतिनिधिसभा सदस्यको चुनावमा होमिएका राप्रपाका पार्टी प्रवक्ता शाही सत्ता गठबन्धनका र एमालेका बलिया उम्मेदवारलाई रोक्न उनको शक्तिलाई आम चासोको रुपमा यहाँ हेरिएको छ । उनले उम्मेदवारी दिएसँगै जुम्लाको चुनावी लेखाजोखा राष्ट्रियस्तरमै सुरु भएको छ ।

गाउँ पसे उम्मेदवार

राजनीतिक दलका नेता र उम्मेदवार ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका छन् । निर्वाचन आचारसंहिताले सभा, माइकिङमार्फत भड्किलो प्रचारप्रसारमा कडाइ गरेपछि प्रचारशैली फेरिएको छ । उम्मेदवारलाई जिताउन घरदैलो गरेर मतदाता भेटघाट र कार्यकर्ता भेला गरी प्रशिक्षण तथा परिचालनमार्फत चुनाव प्रचार गर्न उम्मेदवार गाउँ केन्द्रित हुन थालेका छन् । निर्वाचन आयोगले यही कात्तिक १७ गतेपछि मात्र चुनावीसभा गर्न पाउने आचारसंहिता बनाएपछि अहिले जिल्ला तहका नेता चुवानीसभालाई सम्बोधन गर्ने गाउँ केन्द्रित भएका छन् । मतदाता भेटघाटसँगै टोलटोलमा कार्यकर्ता भेला गरी प्रशिक्षण दिएर परिचालन गरेपछि चुनावी रौनक थप बढेको छ । सभाका क्रममा पुग्न नसकिने टोल तथा भौगोलिकरूपमा विकट क्षेत्रका बस्तीमा घरदैलो कार्यक्रममा राजनीतिक दल लागि परेका छन् । मतदाताका गुनासा, सुझाव र अपेक्षा सुन्ने, आफ्नो प्रतिबद्धता सुनाउने, कार्यकर्ता भेला गरेर मतदातालाई आकर्षित गर्ने रणनीति बनाउनमा राजनीतिक दलका उम्मेदवार केन्द्रित भएका छन् ।

बागीकै डर

प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जुम्लामा ९१० मा गठबन्धनबाट कांग्रेसका ललितजङ्ग शाहीविरुद्ध सोही दलबाट देवेन्द्रबहादुर शाहीले बागी उम्मेदवारी दिएका छन । ललितजङ्ग २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थियो भने देवेन्द्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीका गजेन्द्रबहादुर महतसँग हारेका थिइन ।

कांग्रेसले टिकट नदिएपछि देवेन्द्र प्रदेशसभामा बागी बनेका हुन । (१) मा एमालेका जिरेन्द्रराज गिरी र नेमकिपाका राजेश्वर देवकोटा पनि चुनावी मैदानमा छन । प्रदेशसभा (२) गठबन्धनबाट एकीकृत समाजवादीका पदमबहादुर रोकाया चुनावी मैदानमा छन । उनी ०७४ को प्रदेशसभा निर्वाचनमा एमालेबाट विजयी भएका थिए । रोकाया हाल कर्णाली प्रदेशका भौतिक तथा सहरी विकासमन्त्रीसमेत हुन । ९२० मा पनि गठबन्धनले बागी भोग्दै छ ।

कांग्रेसका धनबहादुर बस्नेतले बागी उम्मेदवारी दिएका छन । राप्रपाका देवप्रसाद न्यौपाने र नेमकिपाका बृखबहादुर रावत पनि (२) बाट चुनावी मैदानमा छन । आठवटा स्थानीय तह रहेको जिल्लामा ८३ मतदानस्थल र एक सय छ मतदान केन्द्र छन् । जिल्लाको कूल मतदाता सङ्ख्या ६८ हजार छ सय ३८ जना रहेको छ । प्रदेश (१) को मतदाता सङ्ख्या ३६ हजार सात सय ८३ जना, प्रदेश (२) मा ३१ हजार आठ सय ५५ जना मतदाता सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : २५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग