३ पुस २०८२, बिहिबार | December 19, 2025

मुलुकको समृद्धि र संविधानको रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धन : प्रवक्ता महत



धनुषा । नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि कांग्रेस नेतृत्वको गठबन्धन विजयी हुनुपर्ने बताएका छन् ।

प्रवक्ता महतले संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको लागि कांग्रेसको नेतृत्वमा वर्तमान गठबन्धन बनेको स्पष्ट गर्दै यसमा आबद्ध सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

नेपाल प्रेस युनियन धनुषाले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले नेकपाले आफ्नै पार्टीलाई पनि जोडेर राख्न नसकेकाले देशलाई नै जोडेर राख्न सक्ने कांग्रेसको नेतृत्व जनताले चाहेको बताए ।

उनले कांग्रेस नेतृत्वको गठबन्धनले संविधानद्वारा प्राप्त सबै उपलब्धिको रक्षा गर्ने र आवश्यक संशोधन र परिमार्जन गर्दै यसै संविधानमार्फत अघि बढ्ने बताए ।

नेपाली कांग्रेसको नेतृत्व सहिष्णु रहेको र काम बढी कुरा कम गर्ने भएकाले नै नेपाली जनताले सत्तामा चाहेका स्पष्ट गर्दै आगामी निर्वाचनपश्चात् पनि देशमा कांग्रेसकै नेतृत्वमा यही गठबन्धनको सरकार बन्ने दाबी उनले गरे ।

प्रवक्ता डा महतले हुलाकी राजमार्गको निर्माणमा भएको व्यवधानलाई हटाएर गति दिएको र नागरिकता विधेयक ल्याउँदा एमालेको अवरोधका कारण लागू गर्न नसकेको पनि स्पष्ट रे ।

प्रवक्ता डा महतले विगतमा बिग्रेको परराष्ट्र सम्बन्धलाई पनि कांग्रेस नेतृत्वको गठबन्धन सरकारले सुधार गरेर समानताको आधारमा सन्तुलित बनाएको बताए । प्रवक्ता महतले भने, “विगतका सरकारले देशमा स्थिरता कायम गर्न सकेनन्, मङ्सिर ४ पछि बन्ने गठबन्धन सरकारले देशमा राजनीतिक स्थिरता कायम गर्छ ।”

“मुलुकमा विभाजनकारी होइन, समन्वयकारी नेतृत्वको आवश्यकता छ । काम नगर्ने, कुरा मात्रै गर्ने प्रवृत्तिको नेताबाट देशको विकास समृद्धि सम्भव छैन । देशले जिम्मेवार नेतृत्व खोजेको छ, त्यो नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ”, उनले भने।

कांग्रेसले जारी गरेको घोषणापत्रअनुसार आफूहरूले काम गर्ने प्रवक्ता महतको दाबी थियो । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारसहितका कांग्रेसका जिल्ला नेताहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : १३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको