२२ माघ २०८२, बिहिबार | February 5, 2026

‘अहिलेको अवस्थामा गठबन्धन १३० स्थानमा अग्रभागमा छ, एमाले २१ स्थानमा’ : गृहमन्त्री खाँण



बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले पाँच दलीय गठबन्धन १ सय ३० स्थानमा अग्रस्थानमा रहेको दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादी रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले मंगलबार भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै रुपन्देही–३ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेका गृहमन्त्री खाणले आफ्नो पार्टी र गठबन्धनबाट पाएको सूचना अनुसार हालसम्मको स्थितिमा १३० स्थानमा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको बताएका हुन् । उनले एमाले २१ र बाँकी १४ स्थानमा अन्य दलको अग्रता रहेको पनि दावी गरे ।

उनले अहिले कायम रहेको अग्रता मेहनत गर्दै जाँदा अझै बढ्ने र गठबन्धनले अत्याधिक बहुमत ल्याउने समेत ठोकुवा गरे । उनले माधव नेपाल प्रधानमन्त्री र आफू सिंचाईमन्त्री भएको बेला रुपन्देहीमा धेरै बिकासका आयोजना अगाडि बढेको स्मरण पनि गरे ।

भैरहवा–परासी सडक खण्डको विस्तार, बेलहिया–बुुटवल ब्यापारिक मार्ग बिस्तार, जनताको तटबन्धन जस्ता महत्वपूर्ण आयोजानहरु नेपाल प्रधानमन्त्री र आफू सिंचाईमन्त्री भएको बेला सुुरु गरिएको गृहमन्त्री खाँणले बताए । ‘अब पनि सहमती र सहकार्यका साथ गठबन्धनलाई अगाडि बढाएर मुलुुकलाई आगामी पाँच वर्षभित्र आर्थिक रुपमा पनि बिकसित बनाइने छ’, उनले भने ।

उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन उक्त समूह र सरकारबीच निरन्तर छलफल भैरहेको जानकारी दिए । राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको जनाउँदै गृहमन्त्री खाँणले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग २ दिनअघि भैरहवामा वार्ता भएको र उक्त बार्ता सकारात्मक रुपमा अगाडि बढेको खुलासा गरे ।

उनले कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिनेलगायत विषय वार्तामा छलफल भएको बताए । पूर्ववर्ती सरकारले गरेको सम्झौताअनुसार कतिपय बन्दीहरुलाई छोडिसकेको र अन्यलाई पनि जेलमुक्त गर्न कानुन संशोधनका लागि फाइल कानुन मन्त्रालयमा पठाइसकिएको उनले जानकारी दिए । नेकपा वार्ता टोलीका संयोजक विश्वकर्माले काठमाडौंमा जारी रहेको उक्त पार्टीको बैठकमा प्रस्ताव राख्ने र सरकारसँग थप छलफल तथा सम्झौता गर्ने बताएको गृहमन्त्री खाँणले जनाए ।

उनले निर्वाचनलाई भयरहित, स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी नराख्ने जनाए ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ९ : २१ बजे

विश्वकपअघि नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग

काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अगाडि अन्तिम अभ्यास

देशमा पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

निर्वाचन प्रचार-प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खातामार्फत गर्न आयोगद्वारा नयाँ कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा