१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भूकम्पबाट डोटीमा मृत्यु हुनेको संख्या ६ पुग्यो



डडेलधुरा । डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । पूर्वी चौकी गाउँपालिका–३ का ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले जानकारी दिए ।

४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको छ ।

उनीहरु ६ जनाकै शव निकालिएको छ । सोही वडाका अन्य पाँचजना घाइते भएका छन् ।

डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको पछिल्लो भूकम्पले मानवीय क्षतिसमेत भएको छ ।

मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ४४ बजे

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको