२६ भदौ २०८१, बुधबार | September 11, 2024

भूकम्पबाट डोटीमा मृत्यु हुनेको संख्या ६ पुग्यो



डडेलधुरा । डोटी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । पूर्वी चौकी गाउँपालिका–३ का ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले जानकारी दिए ।

४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको छ ।

उनीहरु ६ जनाकै शव निकालिएको छ । सोही वडाका अन्य पाँचजना घाइते भएका छन् ।

डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको पछिल्लो भूकम्पले मानवीय क्षतिसमेत भएको छ ।

मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ४४ बजे

लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीको राजिनामा स्वीकृत

दाङ । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले आफ्नो

कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा

लुम्बिनी प्रदेशमा मनाईयो संविधानसभा अध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवस

दाङ । लुम्बिनी प्रदेश राजधानी दाङमा संविधान सभा अध्यक्ष सुवास

जिप दुर्घटना अपडेट : घाइते युवतीको मृत्यु

बैतडी । जिप दुर्घटना हुँदा घाइते भएकी एक युवतीको उपचारका

उपसभामुख प्रकरण पर्ख र हेरको अवस्थामा रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरमाथि उठेको