२१ माघ २०८२, बुधबार | February 5, 2026

निर्वाचन महासंग्राम कास्की : ‘ब्रेक थ्रु’ कि पुरानै निरन्तरता



पोखरा । अहिलेसम्म स्वर्गीय रवीन्द्र अधिकारी मात्र कास्कीबाट ह्याट्रिक चुनाव जित्ने नेता भएका छन् । तुलबहादुर गुरुङले लगातार दोस्रोपटक चुनाव जित्नेबाहेक कास्कीका कुनै पनि क्षेत्रमा कुनै उम्मेद्वारले लगातार चुनाव जितेको रेकर्ड छैन ।

यसपटक केही क्षेत्रमा उम्मेद्वार पुरानै छन् भने केही क्षेत्रमा नयाँ उम्मेद्वारबीच प्रतिस्पर्धा छ । उम्मेद्वार मात्रै होइन, यहाँ एउटै पार्टीले पनि लगातार उक्त क्षेत्रमा चुनाव जितेको देखिँदैन । त्यसैले यो चुनाव पनि निकै महत्वका साथ हेरिएको छ । साँच्चै कास्कीमा ब्रेक थ्रु हुन्छ कि पुरानै निरन्तरता ?

२०४८ को पहिलो आमनिर्वाचनमा कास्की १ मा कांग्रेसका तारानाथ रानाभाट विजयी भए । उनीसँग पराजित भएका खगराज अधिकारी २०५१ मा उनै रानाभाटलाई हराएर विजयी भए । २०५६ मा पुनः अधिकारीलाई हराएर रानाभाट सांसद बने ।

२०६४ मा माओवादीका देव गुरुङ विजयी भए भने २०७० मा कांग्रेसका यज्ञबहादुर थापा तथा २०७४ मा पुनः एमालेका खगराज अधिकारी विजयी भए । अधिकारी अहिले प्रतिनिधिसभा छाडेर प्रदेशसभामा झरेका छन् । प्रतिनिधिसभामा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ र कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालबीच प्रतिस्पर्धा छ ।

प्रदेशसभा ९क० मा निवर्तमान सांसद दीपक कोइराला र एमालेका खगराज अधिकारी भिड्दै छन् । प्रदेशसभा (ख) मा कांग्रेसका दीपक गुरुङ र एमालेका वेदबहादुर गुरुङले उम्मेद्वारी दिएका छन् । २०७४ मा (क) मा माओवादीका दीपक र (ख) मा एमालेका मनबहादुर गुरुङ विजयी भएका थिए ।

कास्की २ मा २०४८ र २०५१ मा निरन्तर एमालेका तुलबहादुर गुरुङ विजयी भए । दुवैपटक कांग्रेसका शुक्रराज शर्मा पराजित भएका थिए । २०५६ सालमा कांग्रेसका महादेव गुरुङ यही क्षेत्रबाट विजयी हुँदा तुलबहादुर पाखा लागे । २०६४ मा माओवादीका राजकाजी गुरुङ र २०७० मा कांग्रेसकी शारदा पौडेल तथा २०७४ मा एमालेका रवीन्द्र अधिकारी विजयी भए।

रवीन्द्रको निधनपछि भएको उपचुनावमा एमालेकै विद्या भट्टराई विजयी भइन् । प्रदेशसभा तर्फ (क) मा एमालेका कृष्ण थापा र (ख) मा कांग्रेसका विन्दुकुमार थापा विजयी भए । अहिले कृष्ण चुनावी रेसमा छैनन् । विन्दु यसपटक पनि प्रतिस्पर्धामा छन् । (क) मा एमालेका भीम कार्की र गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछाने तथा (ख) मा कांग्रेसका थापा र एमालेकी मिना गुरुङबीच प्रतिस्पर्धा हुने छ ।

कास्की ३ मा २०४८ को निर्वाचनमा एमालेका सोमनाथ अधिकारी प्यासी विजयी हुँदा २०५१ मा उनै प्यासीलाई हराएर कांग्रेसका कृष्णबहादुर गुरुङले बाजी मारे । २०५६ मा पनि प्यासी कांग्रेसका प्रकाशबहादुर गुरुङसँग हारे । २०६४ मा रवीन्द्र अधिकारी विजयी भए भने २०७० मा उनैले दोहोर्‍याए ।

२०६४ र २०७० मा कास्कीमा चार निर्वाचन क्षेत्र थिए । अन्य समयमा तीन निर्वाचन क्षेत्र थियो । साविकको ४ अर्थात् हालको ३ नम्बर क्षेत्र रहेको निर्वाचन क्षेत्रमा २०६४ मा माओवादीकी दुर्गा विक र २०७० मा एमालेकी सीता गिरी वली विजयी भएकी थिइन् । २०७४ को निर्वाचनमा प्रदेशसभा (क) मा माओवादीका रामजी बराल र (ख) मा एमालेका राजीव पहारी विजयी भएका थिए । हाल पहारी उम्मेदवार बनेका छन् भने बराल प्रतिनिधिसभामा प्रतिस्पर्धी छन् ।

क्षेत्र नम्बर ३ मा हाल गठबन्धनबाट बराल र एमालेबाट दामोदर बैरागी प्रतिस्पर्धामा छन् । प्रदेश सभा (क) मा माओवादीका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङ तथा (ख) मा कांग्रेसका प्रकाश बराल र एमालेका राजीव पहारीबीच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ११ : ४९ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता