३ पुस २०८२, बिहिबार | December 18, 2025

निर्वाचन महासंग्राम कास्की : ‘ब्रेक थ्रु’ कि पुरानै निरन्तरता



पोखरा । अहिलेसम्म स्वर्गीय रवीन्द्र अधिकारी मात्र कास्कीबाट ह्याट्रिक चुनाव जित्ने नेता भएका छन् । तुलबहादुर गुरुङले लगातार दोस्रोपटक चुनाव जित्नेबाहेक कास्कीका कुनै पनि क्षेत्रमा कुनै उम्मेद्वारले लगातार चुनाव जितेको रेकर्ड छैन ।

यसपटक केही क्षेत्रमा उम्मेद्वार पुरानै छन् भने केही क्षेत्रमा नयाँ उम्मेद्वारबीच प्रतिस्पर्धा छ । उम्मेद्वार मात्रै होइन, यहाँ एउटै पार्टीले पनि लगातार उक्त क्षेत्रमा चुनाव जितेको देखिँदैन । त्यसैले यो चुनाव पनि निकै महत्वका साथ हेरिएको छ । साँच्चै कास्कीमा ब्रेक थ्रु हुन्छ कि पुरानै निरन्तरता ?

२०४८ को पहिलो आमनिर्वाचनमा कास्की १ मा कांग्रेसका तारानाथ रानाभाट विजयी भए । उनीसँग पराजित भएका खगराज अधिकारी २०५१ मा उनै रानाभाटलाई हराएर विजयी भए । २०५६ मा पुनः अधिकारीलाई हराएर रानाभाट सांसद बने ।

२०६४ मा माओवादीका देव गुरुङ विजयी भए भने २०७० मा कांग्रेसका यज्ञबहादुर थापा तथा २०७४ मा पुनः एमालेका खगराज अधिकारी विजयी भए । अधिकारी अहिले प्रतिनिधिसभा छाडेर प्रदेशसभामा झरेका छन् । प्रतिनिधिसभामा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ र कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालबीच प्रतिस्पर्धा छ ।

प्रदेशसभा ९क० मा निवर्तमान सांसद दीपक कोइराला र एमालेका खगराज अधिकारी भिड्दै छन् । प्रदेशसभा (ख) मा कांग्रेसका दीपक गुरुङ र एमालेका वेदबहादुर गुरुङले उम्मेद्वारी दिएका छन् । २०७४ मा (क) मा माओवादीका दीपक र (ख) मा एमालेका मनबहादुर गुरुङ विजयी भएका थिए ।

कास्की २ मा २०४८ र २०५१ मा निरन्तर एमालेका तुलबहादुर गुरुङ विजयी भए । दुवैपटक कांग्रेसका शुक्रराज शर्मा पराजित भएका थिए । २०५६ सालमा कांग्रेसका महादेव गुरुङ यही क्षेत्रबाट विजयी हुँदा तुलबहादुर पाखा लागे । २०६४ मा माओवादीका राजकाजी गुरुङ र २०७० मा कांग्रेसकी शारदा पौडेल तथा २०७४ मा एमालेका रवीन्द्र अधिकारी विजयी भए।

रवीन्द्रको निधनपछि भएको उपचुनावमा एमालेकै विद्या भट्टराई विजयी भइन् । प्रदेशसभा तर्फ (क) मा एमालेका कृष्ण थापा र (ख) मा कांग्रेसका विन्दुकुमार थापा विजयी भए । अहिले कृष्ण चुनावी रेसमा छैनन् । विन्दु यसपटक पनि प्रतिस्पर्धामा छन् । (क) मा एमालेका भीम कार्की र गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछाने तथा (ख) मा कांग्रेसका थापा र एमालेकी मिना गुरुङबीच प्रतिस्पर्धा हुने छ ।

कास्की ३ मा २०४८ को निर्वाचनमा एमालेका सोमनाथ अधिकारी प्यासी विजयी हुँदा २०५१ मा उनै प्यासीलाई हराएर कांग्रेसका कृष्णबहादुर गुरुङले बाजी मारे । २०५६ मा पनि प्यासी कांग्रेसका प्रकाशबहादुर गुरुङसँग हारे । २०६४ मा रवीन्द्र अधिकारी विजयी भए भने २०७० मा उनैले दोहोर्‍याए ।

२०६४ र २०७० मा कास्कीमा चार निर्वाचन क्षेत्र थिए । अन्य समयमा तीन निर्वाचन क्षेत्र थियो । साविकको ४ अर्थात् हालको ३ नम्बर क्षेत्र रहेको निर्वाचन क्षेत्रमा २०६४ मा माओवादीकी दुर्गा विक र २०७० मा एमालेकी सीता गिरी वली विजयी भएकी थिइन् । २०७४ को निर्वाचनमा प्रदेशसभा (क) मा माओवादीका रामजी बराल र (ख) मा एमालेका राजीव पहारी विजयी भएका थिए । हाल पहारी उम्मेदवार बनेका छन् भने बराल प्रतिनिधिसभामा प्रतिस्पर्धी छन् ।

क्षेत्र नम्बर ३ मा हाल गठबन्धनबाट बराल र एमालेबाट दामोदर बैरागी प्रतिस्पर्धामा छन् । प्रदेश सभा (क) मा माओवादीका दुर्गादत्त भण्डारी र एमालेका गणेशमान गुरुङ तथा (ख) मा कांग्रेसका प्रकाश बराल र एमालेका राजीव पहारीबीच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ११ : ४९ बजे

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,

एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार

काठमाडौँ, ३ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको

एमाले नेतृत्वलाई छोएकै दिनदेखि देश ठप्प हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले