२ पुस २०८२, बुधबार | December 17, 2025

स्याङ्जामा एकीकृत समाजवादीका भट्टराईद्वारा उम्मेदवारी निष्क्रिय



स्याङ्जा । नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जनाएका छन् । वामलोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा जिल्लाको क्षेत्र नं २ (१) मा उम्मेदवारी दिएका भट्टराईले पार्टीको केन्द्रीय अध्यक्षको निर्देशन बमोजिम उम्मेदवारी निष्क्रिय पारेको आज एक विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

गठबन्धनमा रहेका दलमध्ये दुई दलबाट उम्मेदवारी परेपछि पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा आजैका मितिदेखि आफ्नो उम्मेदवारी निष्क्रिय पारेको उनले बताए ।

स्याङ्जा क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसकातर्फबाट भोजराज अर्यालको उम्मेदवारी परेको छ । यो प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मूख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

२०७४ को प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता विष्णु पौडेल र नेकपा एमालेका नेता मोहनप्रसाद रेग्मीबीच मुख्य चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा नेकपा एमालेका रेग्मी बिजयी भएका थिए । प्रदेशसभामा विजयी भएका रेग्मीले १६ हजार ६ सय १३ मत ल्याएका थिए भने कांग्रेसका पौडेलले १३ हजार एक सय ४० मत प्राप्त गरेका थिए । क्षेत्रमा ३१ हजार दुई हजार १३ मत खसेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ५ : १४ बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा