३२ असार २०८३, बिहिबार | July 17, 2026

अवसरसहितको चुनौतीमा पूर्वप्रधानमन्त्री खनाल


२३ कार्तिक २०७९, बुधबार  

169
Shares

इलाम । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल आसन्न प्रतिनिधिसभा निर्वाचनमा सत्तारूढ गठबन्धन दलका तर्फबाट इलाम निर्वाचन क्षेत्र नम्बर १ का प्रत्याशी छन् । खनालसँगै नेकपा (एमाले)बाट महेश बस्नेत प्रतिस्पर्धामा रहेका छन् ।

उनी इलामबाट सातौँ पटक चुनाव लड्दै छन् । छ पटक विजयी भएका खनाल एकपटक कांग्रेसका उम्मेद्वार बेनुपराज प्रसाईंसँग पराजित भएका थिए । विसं २०४८ पछिका छ मध्ये पाँचवटा चुनाव जितेका उनी छैटौँ जितको प्रतीक्षामा छन् ।

विसं २०४८ को आमनिर्वाचन विजयी बन्दै संसद् भवन छिर्ने अवसर पाएका नेता खनाल त्यसयता २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । उनी २०५६ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मा पराजित भएका थिए ।

विसं २०७४ को चुनावमा नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई १७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका खनाललाई यस पटक तिनै उम्मेद्वारसहित दलको साथ रहेको छ । पूर्व सहकर्मी तथा हाल एमाले जिल्ला अध्यक्ष बस्नेतसँगको भीडन्त खनालका लागि उति सहज भने पक्कै छैन । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलको साथ खनाललाई छ ।

नेता खनालले यो आफ्नो अन्तिम प्रतिस्पर्धा भएको बताइसकेका छन् । इलाममा जन्मिएका उनी २०४६ को जनआन्दोलनपछिको अन्तरिम सरकारमा वन तथा वातावरणमन्त्री भए । विसं २०५३ मा सूचना तथा सञ्चारमन्त्री बनेका खनाल २०६७ माघ २० गते प्रधानमन्त्री बने ।

गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षले पाएको दलगत रूपमा प्राप्त मत हेर्दा एमालेले २६ हजार दुई सय ३३ मत पाएको छ । नेपाली कांग्रेसले २५ हजार सात सय मत पाएको थियो ।

त्यस्तै एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवारले नौ हजार चार सय ८१, जनता समाजवादी पार्टीले एक हजार आठ सय २९, नेकपा (माओवादी केन्द्र)ले एक हजार दुई सय ३५ र राप्रपाले एक हजार एक सय ६९ मत पाएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ७ : ३२ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना