१३ असार २०८३, शनिबार | June 28, 2026

ललितपुर-३ मा त्रिपक्षीय भिडन्त, भुसाल र खड्कालाई कार्की चुनौती



ललितपुर । ललितपुर ३ की माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल अहिले घरदैलोमा छिन् । ०७४ को चुनावमा वाम गठबन्धनबाट उम्मेदवार भई कांग्रेस उम्मेदवार मदन अमात्यलाई पराजित गरेकी भुसाललाई यसपटक कांग्रेसकै साथ र समर्थन छ ।

गठबन्धनको भोट संख्या निकै धेरै भएकोले भुसाल यो क्षेत्रमा सबैभन्दा सुरक्षित छन् । लामो समय ललितपुुरमा बसेर राजनीतिक गर्दै आएकी भुसालले यस क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेकी छन् । ललितपुरको सम्पदा संरक्षण, पाटीपौवा निर्माण तथा नेवार समुदायका मौलिक परम्परा जोगाउन भुसालले सहयोग गर्दै आएकी छन् । भुसाल चारपटकसम्म मन्त्री र दुईपटक सांसद बनिसकेकी छन् ।

यसपटकको चुनावमा भुसालसँग एमाले अमृत खड्का चुनावी मैदानमा छन् । उनी सैंवु गाविसका पूर्वअध्यक्ष पनि हुन् । व्यापारिक पृष्ठभूमिका खड्का एमालेको जिल्ला कमिटीमा बसेर काम गरेका छन् । तत्कालीन सैंबु गाविस अध्यक्ष बनेपछि केही समय व्यवसाय र समाजसेवामा बिताएका खड्काको यो पहिलो उम्मेदवार अनुभव हो । उनी यसपालि मात्रै प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की पेसाले चिकित्सक हुन् । उनी राजनीतिमा नयाँ हुन् ।

ललितपुर–३ को धेरै भूभाग सहरी, थोरै भूभाग ग्रामीण भेगमा पर्छ । ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँँ मतदाता संख्या ९४ हजार ११६ छ ।

स्थानीय तह निर्वाचनमा हेर्ने हो भने क्षेत्र ३ मा गठबन्धन नै बलियो छ । गएको स्थानीय निर्वाचनमा ललितपुर महानगरको ४, १०, १४, २०, २८ को वडा कांग्रेस विजयी भएको छ । महानगरको २१, २६ र २७ वडा माओवादी केन्द्र विजयी भएको छ भने २ र ३ वडा एकीकृत समाजवादीले हात पारेको थियो । त्यस्तै महानगरको १ र १३ मा स्वतन्त्रले जितेका थिए । ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमालेले चुनाव जितेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ४ : ०२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट