८ चैत्र २०८२, आइतबार | March 22, 2026

वाचा होइन काम गर्ने अठोटहरू लेखेर दिएको छु, पाँच वर्षपछि प्रश्न गर्न नडराउनुहोला : इश्तियाक राई



नेपालगन्ज । जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाका लागि बाँके क्षेत्र नं २ का उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्ना प्रतिवद्धताहरूका दस्तावेजका रूपमा राख्न र चुनावपछि पूरा हुन नसकेका कामहरूप्रति प्रश्न गर्न मतदातालाई आग्रह गरेका छन् ।

क्षेत्र नं २ का विभिन्न ठाउँहरूमा शुक्रबार भएका चुनावी सभाहरूलाई सम्बोधन गर्दै उनले उम्मेदवारहरूलाई प्रश्न गर्नका लागि कसैलाई पनि नडराउन भनेका हुन् । उम्मेदवारमाथि प्रश्न गर्नु हरेक मतदाताको अधिकार भएको भन्दै उनले त्यो उम्मेदवारका लागि खबरदारी हुने पनि बताए । ‘म कहिल्यै कतै भागेको छैन। जिते पनि जनतासँगै हुनेछु । अहिले पनि सँगै छु । हारे पनि म जनताकै बीचमा हुनेछु’ उनले भने ‘मैले यो क्षेत्रको विकासका लागि के के काम गर्छु भनेर सबै कुरा लेखेरै दिएको छु। त्यसलाई सुरक्षित राख्नुहोला, फेरि पाँच वर्षपछि मलाई सोध्न डराउनुपर्नेछैन ।’

जनतालाई कुनै झुटा वाचा र सपनाहरू आफूले नबाँडेको भन्दै चुनावमा वाचा वा प्रतिवद्धता भन्दा पनि काम गर्ने अठोट गरेको उनले बताए । दिनप्रतिदिन जसपाका उम्मेदवारहरूप्रति आम मतदाताको उत्साह बढ्दै गएको र त्यो उत्साह देखेर प्रतिपक्षीहरू अत्तालिएकोसमेत उनले बताए। तर अरूका भ्रम र सपनाहरूका पछाडि नलागेर काम गर्नसक्ने उम्मेदवारलाई मत दिन पनि उनले आग्रह गरे ।

‘प्रतिस्पर्धीहरू अहिले अत्तालिनुभएको छ । बर्बराइरहनुभएको छ । त्यो घवराहटले उहाँहरूको अवस्था प्रस्ट पारिसकेको छ’ राईले भने, ‘नडराउनुस्, यो क्षेत्रको विकास गर्ने हामी सबै मिलेर हो । हामीले चुनाव जिते पनि प्रतिस्पर्धीलाई विकासका साझेदार बनाउनेछौं। किनकि यो हामी सबैको साझा घर हो ।’ राईले धर्म वा जाति र सम्प्रदायको लागि नभएर यो क्षेत्रको समग्र विकासका लागि जसपाका उम्मेदवारहरूलाई मतदान गर्न पनि सम्झाएका छन् ।

भावी पुस्ताले गर्व गर्नेगरी आफ्नो क्षेत्रको विकासका लागि जीवनभरि लडिरहने भन्दै राईले त्यसका लागि मतदाताले देखाएको उत्साह र प्रेमका कारण आफूले कहिल्यै नहार्ने पनि बताए । शनिबार पनि नेपालगन्ज उपमहानगर र डडुवाका विभिन्न क्षेत्रमा चुनावी सभाहरू भएका थिए। ती सभाहरूलाई प्रतिनिधिसभा उम्मेदवार राई तथा प्रदेशसभाका उम्मेदवार आदेशकुमार अग्रवाललगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : ०० बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा