१२ बैशाख २०८१, बुधबार | April 24, 2024

लुम्बिनी प्रदेशसभामा जसपाको पहिलो प्रवेश, बाँके-२(१)बाट भण्डारीलाल यादव विजयी



नेपालगन्ज । बाँके क्षेत्र नम्बर २(१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन् । यादव जारी मतगणनामा बाँकेबाट विजयी घोषणा हुने पहिलो उम्मेदवार बनेका छन्।

जनता समाजवादी पार्टीका यादवले २१४६ मतान्तर सहित विजयी भएका हुन् । उनले ११५०४ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय बहादुर यादवले ९३५८ मत पाए भने नेपाली कांग्रेसका राज कुमार कुर्मीले ८७३१ मत पाएका छन् ।

बाँके क्षेत्र नम्बर २ को मतगणना नेपालगन्ज स्थित भेरी प्राविधिक शिक्षालयमा भैरहेको छ । औपचारीक घोषणा हुन भने बाँकी छ ।

बाँके क्षेत्र नम्बर २(१)मा ३५८६८ मत खसेको थियो । त्यसमा ३३४८५ मत सदर भएको थियो भने २३८३ मत बदर भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ८ : ५७ बजे

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको