४ पुस २०८२, शुक्रबार | December 20, 2025

जुनियर स्टार क्रिकेट : सिद्धार्थ वरियर्स विजयी



बुटवल । देवदहमा जारी कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा सिद्धार्थ वरियर्स विजयी भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबार भएको खेलमा सिद्धार्थले ओमसतिया स्टारमाथि १ सय ७ रनको शानदार जित निकालेको हो । टस जितेर ब्याटिङ रोजेको सिद्धार्थले ४० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ७८ रनको लक्ष्य खडा गरेको थियो । सिद्धार्थको लागि संगम पाण्डेले ४९ र अल्दीप क्षेत्रीले ३४ रन तथा ब्रिजेस थारुले १७ रन जोडेका थिए । ओमसतियाका बद्री आलमले २ विकेट लिएका थिए ।

मध्यम लक्ष्य पछयाएको ओमसतियाका ब्याट्सम्यानहरु २१.३ ओभरमा केवल ७१ रनमा समेटिए । लक्ष्य प्राप्तिका लागि अज्जाल हकले १४ र शैलेन्द्र यादवले ११ रन बाहेक अन्य ब्याट्सम्यानहरुल् दोहोरो अंकको रन जोड्न सकेनन । कम स्कोरमा रोक्न सिद्धार्थका ब्रिजेस थारु र अर्जुन करुसले समान ३–३ विकेट तथा तुसार चौहानले २ विकेट लिए । खेलमा सिद्धार्थका ब्रिजेस थारु म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

बिहिबार उद्घाटन खेलमा जिबिआईसिए सैनामैना विजयी भएको थियो । देवदह ड्रागनलाई १५ रनले पराजित गर्दै सैनामैनाले पहिलो जित हासिल गरेको हो । सैनामैनाका सन्देश ज्ञवाली म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाईटन्स, बुटवल युनाईटेड, देवदह ड्रागन र जिबिआईसिए सैनामैना गरि ६ टिमहरु बिचमा खेल हुनेछन ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको