२ पुस २०८२, बुधबार | December 18, 2025

ठाकुर गैरेको संकल्पः सत्यवतीलाई धार्मिक पर्यटन गन्तव्य बनाउँछु



बुटवल । एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताएका छन् । पाल्पा- २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गैरेले तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले सत्यवती क्षेत्र आफैमा पनि पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रको रुपमा रहेकोले यस क्षेत्रको प्रवर्द्धनका लागि आफूले पहल गर्ने बताए । नेता गैरेसँगको भेटघाटका क्रममा मतदाताहरुले स्थानीय जाल्माघाट र गोलमन्दी घाटमा पक्की पुल बनाउनु पर्ने, यहाँको कृषि क्षेत्रको विकासका लागि खास योजना बनाउनुपर्ने लगायतका मागहरु राखेका थिए । मतदाताहरुसँगको छलफलका क्रममा नेता गैरेले जनताको भावना र आवश्यकता अनुसार आफू सधैं जनताकै सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

पाल्पा क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्ती पनि सोही क्षेत्रका मतदाताहरुसँग भेटघाटमा रहे । उनले आफू यसअघि तिनाउँ गाउँपालिकाको अध्यक्षको रुपमा रही काम गरेको समयमा पनि यस क्षेत्रमा धेरै कामहरु भएको र आगामी दिनमा पनि थप कामहरु गर्ने प्रतिबद्धता जनाए ।

क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई तानसेन नगरपालिकाको वडा नं. २ र ६ का मतदाताहरुको घर घरमा घरदैलो कार्यक्रममा व्यस्त रहे । घरदैलो कार्यक्रममा उनले मतदाताहरुलाई विश्वस्त पार्दै ऐतिहासिक तानसेन शहरलाई पर्यटनको आकर्षणको रुपमा विकास गर्न, तानसेनको खानेपानीको उचित व्यवस्थापन, सडकको स्तरोन्नति साथै नगरका ग्रामीण बस्तीहरुमा कृषिको आभुनिकीकरणमा आफ्नो पहल रहने बताए ।

घरदैलो कार्यक्रममा उम्मेदवार भट्टराईले तानसेन नगरपालिकाका जनताको आयस्तरमा बृद्धि गर्न र स्वरोजगार गराउन स्थानीयस्तरमा संञ्चालित ढाका करुवा उद्योगहरुलाई व्यवस्थित गराउन आफु प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  २ : १६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल