३१ श्रावण २०८३, आइतबार | August 16, 2026

ठाकुर गैरेको संकल्पः सत्यवतीलाई धार्मिक पर्यटन गन्तव्य बनाउँछु



बुटवल । एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताएका छन् । पाल्पा- २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गैरेले तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले सत्यवती क्षेत्र आफैमा पनि पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रको रुपमा रहेकोले यस क्षेत्रको प्रवर्द्धनका लागि आफूले पहल गर्ने बताए । नेता गैरेसँगको भेटघाटका क्रममा मतदाताहरुले स्थानीय जाल्माघाट र गोलमन्दी घाटमा पक्की पुल बनाउनु पर्ने, यहाँको कृषि क्षेत्रको विकासका लागि खास योजना बनाउनुपर्ने लगायतका मागहरु राखेका थिए । मतदाताहरुसँगको छलफलका क्रममा नेता गैरेले जनताको भावना र आवश्यकता अनुसार आफू सधैं जनताकै सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाए ।

पाल्पा क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्ती पनि सोही क्षेत्रका मतदाताहरुसँग भेटघाटमा रहे । उनले आफू यसअघि तिनाउँ गाउँपालिकाको अध्यक्षको रुपमा रही काम गरेको समयमा पनि यस क्षेत्रमा धेरै कामहरु भएको र आगामी दिनमा पनि थप कामहरु गर्ने प्रतिबद्धता जनाए ।

क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई तानसेन नगरपालिकाको वडा नं. २ र ६ का मतदाताहरुको घर घरमा घरदैलो कार्यक्रममा व्यस्त रहे । घरदैलो कार्यक्रममा उनले मतदाताहरुलाई विश्वस्त पार्दै ऐतिहासिक तानसेन शहरलाई पर्यटनको आकर्षणको रुपमा विकास गर्न, तानसेनको खानेपानीको उचित व्यवस्थापन, सडकको स्तरोन्नति साथै नगरका ग्रामीण बस्तीहरुमा कृषिको आभुनिकीकरणमा आफ्नो पहल रहने बताए ।

घरदैलो कार्यक्रममा उम्मेदवार भट्टराईले तानसेन नगरपालिकाका जनताको आयस्तरमा बृद्धि गर्न र स्वरोजगार गराउन स्थानीयस्तरमा संञ्चालित ढाका करुवा उद्योगहरुलाई व्यवस्थित गराउन आफु प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  २ : १६ बजे

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको

सुरु भयो मिथिलामा झुलनोत्सव

महोत्तरी । ‘सखी हे, झुला पडल फूलबगियाक डार, सीतासँग झुलथी

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच