२३ असार २०८३, मंगलबार | July 7, 2026

बुटवलमा नेवाः उम्मेदवारसँग अन्तरक्रिया



बुटवल । रुपन्देहीबाट आगामी निर्वाचनमा उम्मेदबारी दिएका नेवार उम्मेदवारसंग अन्तरक्रिया गरिएको छ ।

श्री नेवाः सेवा समितिले आयोजना गरिको अन्तरक्रियामा उपस्थित नेवा: उम्मेदवारहरुले आफुले जितेमा भाषा, संस्कृति र सम्पदाको संरक्षणमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे । उनीहरुले संस्कृति बचाउन एकता र गठबन्धन आवश्यक रहेको बताउँदै नयाँ पुस्तामा भाषा र संस्कृति हस्तान्तरण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नं २ (२) का उम्मेदवार भोज प्रसाद श्रेष्ठले नेवारी संस्कार, संस्कृती समग्र नेपालको पहिचान भएको बताए । कमजोर नेवार समुदाय र संस्कृतिलाई बचाउन एकता र गठबन्धन जरुरी रहेको भन्दै उनले सबैको साथ र सहयोगमा विकासको काम अघि बढ्ने बताए । उनले रुपन्देहीको विकासको क्रममा नेवार समुदायको ठुलो योगदान रहेको स्मरण गर्दै अब नया पुस्तामा समुदायको संस्कार संस्कृति लैजानुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार हरिसुन्दर बासीले नेपालको राजनितिमा निर्वाचनलाई जुँगाको लडाईको रुपमा लिनु गलत भएको बताए । कतिपय बहुसंख्यक जातीहरु भएको स्थानमा उनिहरुको भाषालाई प्राथमिकता दिनुपर्ने उनले बताए । नेपाल मजदुर किसान पार्टी सबै जातजातीको भाषा र संस्कृति जगेर्नाको अभियानलाई उठाउदै आएको भन्दै जातिय रुपमा द्वन्द उठाउने काम राजनितिक पार्टीहरुले गरेको आरोप लगाए । सरकारको बजेटमा भएको विकृतिलाई हटाउने आफुहरुको पहिलो प्राथमिकता भएको बताए । मतदान गर्दा ब्यक्तिभन्दा पार्टी महत्वपुर्ण हुने पनि उनले बताए ।

यसैगरि श्री नेवा सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले हरेक विकासमा योगदान दिएका नेवार समुदायलाई राज्यबाट पछि पारिएको बताए । राजनितिमा नेवार समुदाय अगाडि आउन सकेमात्र भाषा, धर्म, संस्कृतिको संरक्षण र विकास हुने उनले बताए ।

कार्यक्रममा श्री नेवाः पुच नेवा सेवा समितिका अध्यक्ष काजीमान श्रेष्ठ, श्री नेवा सेवा समितिका बरिष्ठ उपाध्यक्ष बसन्ती श्रेष्ठ, सचिव सारदा श्रेष्ठले यहाँ रहेका नेवार संघसंस्थाहरु एकतावद्ध भएर भाषा, संस्कृति संरक्षण गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ४ : १६ बजे

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-sadak ६ दरवाङ बजारको सडक कालोपत्र

युवाको पलायनले पाल्पाका गाउँ रित्तिँदै, वृद्धवृद्धा एक्लोपनमा

तानसेन । गाउँका अधिकांश घरमा अहिले ताल्चा झुण्डिएका छन् ।

तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३ औँ

पोर्चुगललाई पराजित गर्दै स्पेन क्वाटरफाइनलमा

काठमाडौं । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा