१४ असार २०८३, आइतबार | June 29, 2026

केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरा जिताउनुपर्ने : निरन्जन थापा



भैरहवा । राप्रपाका केन्द्रीय सल्लाहकार संयोजक निरञ्जन थापाले राष्ट्रवादी नेता केपी ओलीलाई प्रधानमन्त्री बनाउन दीपक बोहरालाई जिताउनुपर्ने बताएका छन् । नेकपा एमाले, राप्रपा, जसपा नेपालको सामाजिक संघ–संस्थासँग भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै संयोजक थापाले संसदमा ओलीलाई प्रधानमन्त्री बनाउन राप्रपाले मतदान गर्ने भएकाले प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नम्बर ३ बाट बोहरालाई जिताउनुपर्ने बताएका हुन् ।

उनले पाँच वर्षसम्म स्थिर सरकार चलाउन तीनदलीय तालमेलका उम्मेदवारलाई जिताउनुपर्ने बताए । ‘तीनदलबाट प्रधानमन्त्रीको उम्मेदवार केपी ओली हुनुहुन्छ तर पाँचदलीय गठबन्धनबाट प्रधानमन्त्रीको उम्मेदवार को हो थाहा छैन, आलोपालो प्रधानमन्त्रीको कुरा आइरहेको छ तर जनतालाई स्थिर सरकार आवश्यक छ ।’ उनले भने ।

वर्तमान गठबन्धन सरकारले सत्ताको दुरुपयोग गरिरहेको पनि उनले आरोप लगाए । उनले भने, ‘प्रहरी प्रशासन सबैको हो, प्रहरी प्रशासन कुनै एउटा पार्टी, व्यक्तिको हुँदैन । रुपन्देही ३ का राप्रपा उम्मेदवार बोहरा विकासप्रेमी र जनताको हृदयमा बस्न सक्ने नेता भएको थापाले दाबी गरे ।

कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादवले जनताले आफूलाई एकपटक अवसर दिए काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे। नेता यादवले आफूले अहिलेसम्म अवसर नपाए पनि निरन्तर जनताको पक्षमा काम गरेको बताए ।

उनले यस क्षेत्रको विकासका लागि आफूले काम गर्न नसके पुनः उम्मेदवार नहुने र भोट माग्न पनि नआउने बताए । जसपाका केन्द्रीय सदस्य समेत रहेका नेता यादवले आदर्शको राजनीति गर्नुपर्ने बताउँदै झुटो आश्वासन दिएर काम नगर्ने नेताहरुको पहिचान गर्ने बेला आएको बताए।

राप्रपा केन्द्रीय सुशासन विभागका सदस्य सिए शिवहरि शर्माले राज्यलाई कर तिरेपछि राज्यबाट समान सेवा सुविधा राज्यबाट पाउनुपर्ने बताए ।

इनरह्वील क्लब अफ लुम्बिनीकी निवर्तमान अध्यक्ष मीना नेपाल पन्थीले युवालाई विदेश जानबाट रोकी स्वदेशमै रोजगारको सिर्जना गर्नुपर्ने बताइन् । उनले यस क्षेत्रको पर्यटनको विकासमा ध्यान दिन उम्मेदवारलाई आग्रह गरिन् । ‘लुम्बिनीका होटल पूर्ण रुपमा सञ्चालनमा ल्याउन यहाँहरुले भूमिका निर्वाह गर्नुहोस्, मैले आग्रह गर्न चाहन्छु ।’उनले भनिन् ।

 

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १२ : १९ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा