१ माघ २०८२, बिहिबार | January 15, 2026

सरकार विरोधी दलहरूद्वारा महोत्तरीमा भण्डाफोर अभियान



महोत्तरी । सरकार विरोधी दलहरूले बर्दिबासवाट भण्डाफोर अभियान सुरु गरेका छन् ।

आसन्न संसदीय निर्वाचन जसरी पनि रोक्नुपर्ने बताउँदै आहुती, विप्लव, धर्मेन्द्र बास्तोला, मोहन वैद्यलगायतका नेताहरूले  नेतृत्व गरेका दलहरूले शनिबारबाट भण्डाफोर अभियान प्रारम्भ गरेका हुन् ।

तीन दशक संसदीय व्यवस्थामा गुजारिसकेको दलाल पुँजीवादी व्यवस्था जन्ताका लागि पीडादायक भएको बताउँदै ती दलहरूले आसन्न संघ र प्रदेशसभाको निर्वाचन रोक्ने चेतावनी दिएका छन्। दलाल पुँजीवाद होइन, वैज्ञानिक समाजवाद निर्माण गरौ, कथित संघीय र प्रदेशसभा निर्वाचनको भण्डाफोर गरौ भन्ने मूल नाराका साथ  बर्दिबासमा र्‍याली निकालेका थिए ।

पैसा र बलको आधारमा गरिने संघीय निर्वाचनमा एक दिन भोट हालेर पाँच वर्षसम्म आफै लुटिनुपर्ने बाध्यतामा जनता रहेको बताउँदै वैज्ञानिक समाजवादीका नेता मदन अर्यालले जनप्रतिनिधि अथवा प्रतिनिधिमूलक लोकतन्त्रको नाम दिएर जन्तालाई भ्रमित पारेको आरोप लगाए । संसदवादको घनचक्कर यात्रा गरेर समाजवाद पुग्ने संसदवादीहरूको हावादारी गफले निर्वाचनलाई आफैमा औचित्यहीन बनाएकाले संसदवादी निर्वाचन बहिष्कार गरिएको सरकार विरोधी नेताहरूको भनाइ छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १२ : २३ बजे

उपलब्धिहरूको रक्षा गर्दै समृद्ध नेपालको सपना साकार पार्न एकजुट हुन प्रचण्डको आह्वान

काठमाडौं । नेकपाका संयोजक प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन, राष्ट्रिय एकता,

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई

अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा रोक्यो

काठमाडौं । अमेरिकाले आगामी माघ ७ ९जनवरी २१० देखि लागू

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज । बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको