३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

सरकार विरोधी दलहरूद्वारा महोत्तरीमा भण्डाफोर अभियान



महोत्तरी । सरकार विरोधी दलहरूले बर्दिबासवाट भण्डाफोर अभियान सुरु गरेका छन् ।

आसन्न संसदीय निर्वाचन जसरी पनि रोक्नुपर्ने बताउँदै आहुती, विप्लव, धर्मेन्द्र बास्तोला, मोहन वैद्यलगायतका नेताहरूले  नेतृत्व गरेका दलहरूले शनिबारबाट भण्डाफोर अभियान प्रारम्भ गरेका हुन् ।

तीन दशक संसदीय व्यवस्थामा गुजारिसकेको दलाल पुँजीवादी व्यवस्था जन्ताका लागि पीडादायक भएको बताउँदै ती दलहरूले आसन्न संघ र प्रदेशसभाको निर्वाचन रोक्ने चेतावनी दिएका छन्। दलाल पुँजीवाद होइन, वैज्ञानिक समाजवाद निर्माण गरौ, कथित संघीय र प्रदेशसभा निर्वाचनको भण्डाफोर गरौ भन्ने मूल नाराका साथ  बर्दिबासमा र्‍याली निकालेका थिए ।

पैसा र बलको आधारमा गरिने संघीय निर्वाचनमा एक दिन भोट हालेर पाँच वर्षसम्म आफै लुटिनुपर्ने बाध्यतामा जनता रहेको बताउँदै वैज्ञानिक समाजवादीका नेता मदन अर्यालले जनप्रतिनिधि अथवा प्रतिनिधिमूलक लोकतन्त्रको नाम दिएर जन्तालाई भ्रमित पारेको आरोप लगाए । संसदवादको घनचक्कर यात्रा गरेर समाजवाद पुग्ने संसदवादीहरूको हावादारी गफले निर्वाचनलाई आफैमा औचित्यहीन बनाएकाले संसदवादी निर्वाचन बहिष्कार गरिएको सरकार विरोधी नेताहरूको भनाइ छ ।

 

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १२ : २३ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका