१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

मतदाता प्रभावित पार्ने फरक शैली – चकलेटमा चुनाव चिह्न



रुपन्देही । निर्वाचनको प्रचारप्रसारमा दलहरूले फरक ढंगले मतदातालाई आकर्षित गर्ने प्रयास गरेका छन् ।

रुपन्देही ३ मा चकलेटमा चुनाव चिह्न राखेर प्रचार प्रसार भइरहेको छ । कांग्रेस र  लोसपाका उम्मेदवारले प्रचारप्रसारका क्रममा चकलेटमा दलको चुनाव चिह्न छापेर बाँडेका हुन् ।

जसपा उम्मेदवारले बाँडेको चकलेटको खोलमा रातो रंगको साइकल र उक्त साइकलमाथि हरियो रंगको स्वस्तिक छापा लगाएको र साइकलमा भोट हालौ साथी लेखिएको छ । त्यस्तै चकलेटमा हरियो रंगको रुख चिन्हमा रातो रंगको स्वस्तिक छाप तथा रातो रंगको अक्षरले चुनाव चिन्ह रुखमा भोट हालौ साथी लेखिएको छ । उक्त चकलेट भैरहवाको एक कम्पनीले उत्पादन गरेको हो ।

भैरहवा क्षेत्रमा देखिएका ती चकलेट कसले बनाएको भन्ने नखुले पनि गठबनधनको प्रचार प्रसारमा त्यो चकलेट प्रयोग भएको छ । कांग्रेसबाट निर्वाचित एक जनप्रतिनिधिले त्यो चकलेट गठबन्धनकै कार्यक्रमको पृष्ठभूमिमा हातमा लिएर सामाजिक संजालमा पोस्ट गरेका छन् । यो क्षेत्रबाट पाँचदलीय गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र प्रदेश सभा सदस्यद्वय लोसपाका सन्तोष पाण्डे र कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् ।

निर्वाचन आचार संहिताविपरीत चुनावको मुखमा गृहमन्त्रीको हस्ताक्षरसहितको अवार्ड बाँडिएको छ । सो अवार्ड प्रशासनले नबाँड्न आग्रह गरेपछि आफ्नो सहोदर भाइ रामकृष्ण खाणको आतिथ्यतामा बाँडिएको थियो । उनी नेपाली कांग्रेस रुपन्देहीको सभापति र तिलोत्तमा नगरको प्रमुखसमेत हुन् ।

निर्वाचन अनुगमन आचार संहिता अनुगमन समिति रुपन्देहीको संयोजक विष्णु ज्ञवालीले मिठाईको खोलमा रुख र साइकल चुनाव चिन्ह राखेर बाँडेको भेट्टाएको बताए । उनले भने, ‘हामीले कारबाहीका लागि आयोगमा लेखी पठाएका छौं, आचारसंहिता उल्लंघन गर्ने जोसुकै भए पनि कारबाहि हुन्छ ।’

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १ : १३ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको