३० श्रावण २०८३, शनिबार | August 15, 2026

सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले मात्रै हो : भोजप्रसाद श्रेष्ठ



बुटवल। लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(२) का प्रदेशसभामा एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले मात्रै भएको दाबी गरेका छन् । सोमबार सैनामैना १ र २ मा चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठ आफ्नै नेतृत्वमा २०५१ सालमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको, त्यसयता गर्न खोज्दा पनि जनविरोधी पक्षको असहयोगका कारण रोकिएको आरोप लगाए । उनले त्यसयता सुकुम्बासी समस्या समाधानमा अवरोध आएपनि अब एमालेको नेतृत्वमा सो सुकुम्बासी समस्या समाधान गर्ने बताए ।

२०५४ सालमा बुटवल नगरपालिकाको प्रमुख हुँदा योजाबद्ध बिकास गरेका कारण देशमै योजनावबद्ध विकासको नमुना पेश गरेको स्मरण गर्दै विकासका हरेक पक्षमा काम गरेका कारण उत्कृष्ट नगरपालिकामा पुरस्कृत गर्न सफल भएको उनले दाबी गरे । उनले बुटवलकै मोडेलमा उत्कृष्टताको बाटो बुटवल, सैनामैना अगाडि बढेको श्रेष्ठले बताए ।

कोभिड महामारीमा लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री हुँदा प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको, निस्शुल्क रक्तसञ्चार सेवाको सुरुवात गरेको, लुम्बिनी प्रदेशका प्रादेशिक अस्पताल र जिल्ला अस्पताल लगायत ठूला ३१ अस्पतालको स्तर बृद्धि गर्न अभियान चलाउनुको साथै स्वास्थ क्षेत्रमा बृहत सुधारका काम थालनी भएको श्रेष्ठले बताए ।

‘राष्ट्रियताको पक्षमा, जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा नेकपा एमाले हिजो प्रतिबद्ध थियो, आज पनि छ र भोलि पनि हुने छ ।’ श्रेष्ठले भने । ‘लोकतन्त्रमा दल बदल हुन्छ, नयाँ पार्टी जन्मिन्छन्, पार्टी छनौटको अधिकार हुन्छ, कसलाई मत दिने जनताको रोजाइ हुन्छ तर राष्ट्रियताको पक्षमा काम गर्ने, जनताको पक्षमा काम गर्ने पार्टी एमाले रहेको हिजोका हाम्रा काम र गठबन्धनको सरकारको अहिलेको कामले पुष्टि गरेको छ ।’

श्रेष्ठले अहिलेको गठबन्धनको सरकाले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताउँदै प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको एमालेको इतिहास स्मरण गर्दै भविष्यमा पनि एमालेले त्यहीँ गर्ने श्रेष्ठले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ५ : २६ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर