३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

साइक्लोथन र वाकाथन गरि मनाइयो बुटवलमा विश्व मधुमेह दिवस (फोटोफिचर)



बुटवल । विश्व मधुमेह दिवसको अवसरमा बुटवलमा बिबिध कार्यक्रम गरि मधुमेह दिवस मनाइएको छ । केन डाइबेटिज एण्ड थाइराइड सेण्टरको संयोजन र बुटवलमा क्रियाशिल बिभिन्न संस्थाहरुको सहयोगमा सोमबार बुटवलमा कार्यक्रम सहित मधुमेह दिवस मनाइएको हो ।

दिवसकै अवसरमा सोमबार बिहान ६ बजे बुटवलको कालिकापथ स्थित उमानन्द मार्टबाट साइक्लोथनका साइकल राइडरहरुले बुटवल र तिलोत्तमा नगरको परिक्रमा गरेका छन् भने ७ बजे केन सेण्टर शंकरनगरबाट निस्केको वाकाथनले ड्राइभर टोल, जानकीनगर र योगीकुटीको परिक्रमा गरेका छन् । साइक्लोथनको संयोजन युनाईटेड साइकल क्लवले गरेको थियो भने वाकाथनको संयोजन लायन्स क्लव अफ शंकरनगरले गरेको मुख्य आयोजक केनका अध्यक्ष दिनेश कक्षपतिले बताए ।

कार्यक्रमको सह आयोजक श्री नेवाः सेवा समिति रहेको थियो भने खबरकुरा डटकमले अनलाईन मिडिया पर्टनरकारुपमा सहभागिता जनाएको छ । साइकल राइडरहरुलाई होटल पौवाले सगुनसहित स्वागत गरेको थियो ।

कार्यक्रमको अन्त्यमा अग्रज पत्रकार एवं इतिहासकार मदनलाल पौडेलले मधुमेहलाई नियन्त्रणमा राख्न अपनाउनु पर्ने जीवनशैलकिा बारेका धारणा राखेका थिए ।

सन् २००६ देखि नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रुपमा संयुक्त राष्ट्रसंघले आधिकारिकता दिन थालेको हो ।

मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन १४ नोभेम्बरमा परेको दिनलाई नै मधुमेह दिवसकारुपमा मनाउन थालिएको हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रुपमा मधुमेह वा डायबेटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।

जीवनशैली र वंशानुगत कारणले वर्षेनी विश्वभर लाखौँ मानिसहरु मधुमेहको शिकार बनिरहेका छन् ।

अहिले मधुमेह वा डायबेटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरुबाट प्रताडित हुनु नपर्ने अध्यक्ष कक्षपतिले बताए।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ५७ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय