१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

साइक्लोथन र वाकाथन गरि मनाइयो बुटवलमा विश्व मधुमेह दिवस (फोटोफिचर)



बुटवल । विश्व मधुमेह दिवसको अवसरमा बुटवलमा बिबिध कार्यक्रम गरि मधुमेह दिवस मनाइएको छ । केन डाइबेटिज एण्ड थाइराइड सेण्टरको संयोजन र बुटवलमा क्रियाशिल बिभिन्न संस्थाहरुको सहयोगमा सोमबार बुटवलमा कार्यक्रम सहित मधुमेह दिवस मनाइएको हो ।

दिवसकै अवसरमा सोमबार बिहान ६ बजे बुटवलको कालिकापथ स्थित उमानन्द मार्टबाट साइक्लोथनका साइकल राइडरहरुले बुटवल र तिलोत्तमा नगरको परिक्रमा गरेका छन् भने ७ बजे केन सेण्टर शंकरनगरबाट निस्केको वाकाथनले ड्राइभर टोल, जानकीनगर र योगीकुटीको परिक्रमा गरेका छन् । साइक्लोथनको संयोजन युनाईटेड साइकल क्लवले गरेको थियो भने वाकाथनको संयोजन लायन्स क्लव अफ शंकरनगरले गरेको मुख्य आयोजक केनका अध्यक्ष दिनेश कक्षपतिले बताए ।

कार्यक्रमको सह आयोजक श्री नेवाः सेवा समिति रहेको थियो भने खबरकुरा डटकमले अनलाईन मिडिया पर्टनरकारुपमा सहभागिता जनाएको छ । साइकल राइडरहरुलाई होटल पौवाले सगुनसहित स्वागत गरेको थियो ।

कार्यक्रमको अन्त्यमा अग्रज पत्रकार एवं इतिहासकार मदनलाल पौडेलले मधुमेहलाई नियन्त्रणमा राख्न अपनाउनु पर्ने जीवनशैलकिा बारेका धारणा राखेका थिए ।

सन् २००६ देखि नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रुपमा संयुक्त राष्ट्रसंघले आधिकारिकता दिन थालेको हो ।

मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन १४ नोभेम्बरमा परेको दिनलाई नै मधुमेह दिवसकारुपमा मनाउन थालिएको हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रुपमा मधुमेह वा डायबेटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।

जीवनशैली र वंशानुगत कारणले वर्षेनी विश्वभर लाखौँ मानिसहरु मधुमेहको शिकार बनिरहेका छन् ।

अहिले मधुमेह वा डायबेटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरुबाट प्रताडित हुनु नपर्ने अध्यक्ष कक्षपतिले बताए।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ९ : ५७ बजे

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा सभामुख घिमिरेले दिए शुभकामना

काठमाडौ. । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दीको प्राविधिक शिक्षालय

म्याग्दी । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको

संस्थागत विद्यालयलाई नेपालीपन झल्कने नाम राख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरूलाई नेपालीपन झल्कने नाम राख्न

सिरहामा १० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरियो

सिरहा । सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै (एसइई)