२ पुस २०८२, बुधबार | December 18, 2025

मतदान गर्ने आश्वासनसँगै मतदाताले सुनाए समस्याका पोको



नेपालगन्ज । बाँके, प्रदेश सभा २ (२) का सुरेन्द्र हमालले आफु निर्वाचित भएपछि बेरोजगार महिलालाई सिपमुलक तालिमको ब्यवस्था गरेर आत्मनिर्भर बनाउन आवश्यक कदम चाल्ने बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ मा घरदैलोका क्रममा उपस्थित महिलाले बेरोजगारी समस्याबारे कुरा राखेपछि हमालले यस्तो बताएका हुन् । उक्त वडाका अधिकांश महिला बेरोजगार छन् । हमाल निर्वाचित भएपछि इच्छा अनुसारको तालिम तथा सिप सिक्न पाउने अपेक्षा गरेको महिलाहरु बताएका छन् ।

पहाडी, मुस्लिम र मधेशी समुदायको मिश्रित बसोबास रहेको उक्त वडामा अझ बढी मधेशी तथा मुस्लिम समुदायका महिलाहरु बेरोजगार छन् । ‘हामी सुरेन्द्र हमाललाई जिताउँछौं, तर जितेपछि हामीलाई हामीले गर्न सक्ने केही सिप मुलक तालिमको व्यवस्था गरिदिनुपर्छ,’ महिलाले भने ‘सिप मुलक कार्यक्रम नेपालगन्ज वडा नम्बर १ मा ल्याउनुपर्छ ।’

महिला केन्द्रित मात्र नभई वडा नम्बर १ मा शुद्ध खानेपानी, उज्यालोको लागि बिजुली बत्ती र सडकको पनि समस्या भएको र त्यसको समाधानका लागि पहल गर्न हमाललाई आग्रह गरे । स्थानीय तहको निर्वाचनको भन्दा बढी मत ल्याउने गरी दिनरात नभनेर काँग्रेसका उम्मेदवारलाई जिताउन अपिल गरिरहेको वडा सभापति सितादेवी काफ्लेले बताईन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : १७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल