४ आश्विन २०८३, आइतबार | September 20, 2026

मायादेवी-८ वडाअध्यक्षका उम्मेदवार राप्रपामा प्रवेश



भैरहवा । स्थानीय तहको निर्वाचनमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ८ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)बाट वडाअध्यक्षका उम्मेदवार मनीश्वर थारु (मनिष चौधरी) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

लोसपाबाट प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार समेत रहेका युवा नेता चौधरी सोमबार उक्त पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका हुन् ।

उनलाई राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष तथा पूर्व नगरप्रमुख सागर प्रताप राणा, पूर्वमन्त्री कल्पना पाण्डे, राप्रपा जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, प्रवक्ता शिवचरन केवट, नेता नवाब मुसलमान लगायतले भैरहवामा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका हुन् ।

त्यस्तै लोसपा जिल्ला सदस्य अमन कान्दु, नेपाली कांग्रेसका क्रियाशिल सदस्य वृजेश नाउ, सदस्य मोतीलाल लोनिया, पूर्ववडाअध्यक्ष हरिहर यादव, लोसपा सदस्य राजकुमार केवट पनि राप्रपामा प्रवेश गरेका हुन् ।

रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपामा प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको पार्टीका रुपन्देही जिल्ला सचिव बलराम शर्माले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  ४ : १८ बजे

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना