भैरहवा । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा पर्ने दोगरी गाउँ नगरमा पर्ने भए पनि शहरमा गणना गर्न सकिँदैन । गाउँ नै हो, यहाँका बासिन्दाको जीवनशैली पनि ग्रामीण स्तरकै छ । यहाँ रहेका सयौं घरपरिवारमध्येका एक परिवार हो, रहम तुल्लाह अन्सारीको परिवार ।
४५ वर्षीया अन्सारी पनि अन्य छिमेकी सरह कृषि पेसामैं आबद्ध छन् । समयमैं बीउ–मल नपाउने, सिंचाईको समस्या त छँदैछ, कृषि उब्जनीबाट परिवारको गुजारामात्र होइन, छोराछोरीको पढाइलेखाइ लगायतका कामका लागि पनि धानिनु पर्ने बाध्यता छ । उनले आफ्नो मताधिकारको प्रयोग गर्न पाउने उमेर पुगेपछि हरेक निर्बाचनमा मतदान गर्दै आइरहेका छन् । धेरैलाई सांसद र स्थानीय तहको जनप्रतिनिधि चुनिन उनको मतको उपयोग भयो । निर्बाचित भएका मध्ये कतिपय त मन्त्री समेत बने ।
यसपटक मतदान के मा गर्ने मनसायमा हुनुहुन्छ त ? सोमवार दिउँसो उनको घरमा पुगेर प्रश्न गर्दा उनले खुलेर भने, ‘गृहमन्त्री बालकृष्ण खाँणलाई रुखमा मतदान गरेर बिजयी बनाउने हो ।’ कतिपय मतदाता यस खालको प्रश्नको उत्तर सहजै दिँदैनन् वा यसको उत्तर पाउनका लागि धेरै समय घुलमेल हुनुपर्ने हुन्छ । तर, उनले सजिलै र कुनै अप्ठ्यरो नमानिकन भने, यस पटक पाँच दलीय गठबन्धनलाई मतदान गर्ने हो । मेरो घर परिवारमात्र होइन, लगभग सिंगो गाउँबाट नै मतदान गर्दै छौं ।’
गृहमन्त्री बालकृष्ण खाँणलाईं मतदान गर्न खोज्नुको कारणमा उनले खाँण बिकासप्रेमी र सबैलाई समान व्यवहार गर्ने नेताको रुपमा आफूहरुले पाएको सुनाए । उनका अनुसार, गृहमन्त्री खाँण यस भन्दा पहिला यस क्षेत्रबाट चुनावमा नउठेको भए पनि विकास निर्माणका कार्यमा बजेट उपलब्ध गराउन कुनै पक्षपात गरेनन् । न त कुनै जाती समुदायमाथि नै भेदभाव गरे ।
‘अहिले पनि हेर्नुस् (आचारसंहिता लाग्नुअघि), खाँणले हिन्दु धर्मावलम्बीको मन्दिर संरक्षणका लागि १० लाख रुपैयाँ उपलब्ध गराउनु भयो भने हामी मुस्लिम समुदायको मस्जिदको संरक्षणका लागि पनि १० लाख रुपैयाँ नै बजेट उपलब्ध गराइदिनु भयो । कुनै भेदभाव गर्नु भएन’, उनले भने, ‘बास्तवमा भन्ने हो भने यस निर्बाचन क्षेत्रबाट उहाँजस्तो विकासप्रेमी, पार्टीमा प्रभाव भएको उमेदवार पाउनु यस क्षेत्रको शुभ अवसर हो । यो अवसरलाई उपयोगमा ल्याउन यस क्षेत्रका जनता चुक्नु हुँदैन ।’
यसपालिको निर्बाचनमा खाँणसहित पाँच दलीय गठबन्धनलाई सहयोग गर्ने भनेर खुलेर बताउने उनिमात्रै होइनन्, अन्सारीजस्ता कैयन् घर परिवार छन् । सिद्धार्थनगर १०, शंकरपुरका अर्का स्थानीय मुस्ताक अहमद भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गरिँदा चलनचल्तीको भाउमा भन्दा धेरै राम्रो मुआब्जा स्थानीयले पाउनुमा खाँणकै पहल भएको बताए । विमानस्थलमा अब आवश्यक पर्ने रोजगारीका लागि जग्गा अधिग्रहणमा परेर बिस्थापित भएका परिवारलाई नै प्राथमिकता दिनका लागि पनि खाँणले पहल गर्ने दावी उनको छ ।
‘हामी गाउँमा सल्लाह गरिसकेका छौं की यसपालिको चुनावमा खाँणलाई बिजयी बनाउने भनेर’, अहमदले पनि ठोकुवा गर्दै भने, ‘यस वडामा करिव २२ सय मतदाता छन् । त्यसमध्ये जति मतदान हुन्छ, त्यो मत भनेको ९० प्रतिशत खाँणकै लागि हुन्छ ।’
खाँणका प्रतिष्पर्धी देखिएका राप्रपाका उमेदवार दीपक बोहराप्रति उनीहरुको खासै आक्रोस तथा आलोचना भने छैन । बरु, बोहराप्रति सहनुभूति प्रकट गर्छन्, उनीहरु । यस अर्थमा की, यो शारिरीक अस्वस्थ्यताको बेलामा पनि किन उम्मेदवारी दिएर मरिहत्ते गरेको होलान ? भनेर । ‘हुन त उहाँ अहिलेसम्म नौ पटकसम्म मन्त्री खाइसक्नु भयो तर विकास निर्माण के हो ? भन्ने अनुभूति हामीले गर्न सकेनौं’, सिद्धार्थनगर ११ भुजौलीका रामसुमेर चौधरीले भने, ‘बिचरा उहाँ बोल्नै सक्नुहुन्न । औषधि उपचार गरेर आराम गर्ने बेलामा किन यस्तो मरिहत्ते गर्नुभएहोला ? बोल्नै नसक्ने उहाँले हाम्रो आवाज कसरी माथि पुर्याउन् हुन्छ ?’
‘यस क्षेत्रबाट धेरै पटक जितेर माथि जानेले केही गरेनन् । आप्mनालाईमात्र दुनो सोझ्याउने काम गरे’, नजिकैको भिुजौली प्राथमिक विद्यालयलाई देखाउँदै स्थानीय शिवकुमार बरईले भने, ‘यो स्कुल पंचायतकालदेखि अहिलेसम्म कक्षा ५ बाट स्तारोन्नती हुन सकेको छैन । भवन जीर्ण भएर भत्किने र विद्यार्थी नै च्यापिने खतरा छ । अहिलेसम्म कसैले गरेन् । गृहमन्त्री खाँणले स्थलगत भ्रमण गरेर विद्यालयको हविगत देखेपछि ५० लाख बजेट उपलब्ध गराइदिनुभयो ।’ उनले धेरै उम्मेदवाहरु मत माग्न आएको तर कोही बोल्न नसक्ने, कोही योजना नै नभएका आएको बताए । बरई गृहमन्त्रीका योजना र यस क्षेत्रमा गरेको योगदानले पनि आफूहरु प्रभावित भएको जनाए ।



















प्रतिक्रिया