२४ बैशाख २०८१, सोमबार | May 6, 2024

चुनावले नछोएको म्याग्दीको लहरेनी गाउँ



बेनी । म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार नजिकै पर्ने नगरपालिकाभित्रकै एउटा गाउँमा न त चुनावको रौनक छ, न उम्मेदवार भोट माग्न नै पुगेका छन् । बेनी नगरपालिका–३ मा पर्ने लहरेनी गाउँका २८ जना मतदातालाई चुनावको बारेमा केही पनि थाहा छैन ।

लहरेनी गाउँका टीकामाया विकलाई मङ्सिर ४ गते हुने निर्वाचनले छोएको छैन । अघिल्ला निर्वाचनमा पनि खासै चासो नदेखाएकी उनलाई यो निर्वाचन र उम्मेदवारप्रति कुनै आशा नै छैन । विकलाई मात्र हैन, लहरेनीे गाउँका अन्य मतदातालाई पनि उस्तै छ ।

दलितको बसोबास रहेको यो गाउँ बेनी बजारबाट एक घण्टाको पैदलयात्रापछि पुग्न सकिन्छ । अघिल्ला निर्वाचनमा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार भोट माग्न आउँथे तर यो वर्ष यहाँका मतदातालाई निर्वाचनको वास्तै छैन । जङ्गलको बीचमा रहेको यो वस्ती दुर्गम छ । यहाँसम्म यातायातका साधन पुग्न नसक्ने भएकाले उम्मेदवार पैदलभोट माग्न नआएका स्थानीय डेकबहादुर विकले बताए ।

यहाँका मतदातालाई निर्वाचन र उम्मेदवारप्रति वितृष्णा हुनुको कारण एउटै छ, नेताले चुनावको बेला विभिन्न वाचा गर्ने तर जितेर गएपछि बेवास्ता गर्ने इतिहास । चुनाव जितेर गएपछि जनता सामु गरेका वाचा भुल्ने गरेको विकको गुनासो छ । गाउँमा बिजुलीको समस्या छ । पानी दुःख सुख पुगेकै छ । तर गाउँमा रोजगार, स्वास्थ्य, शिक्षाको अवस्था नाजुक छ । बेरोजगारीकै कारण गाउँका युवा कि गाउँबाहिर छन् कि देश बाहिर । जीविकोपार्जनसँग जोडिएका काम गरी गाउँमै रोजगारी सिर्जना तथा भएको सडकको स्तरोन्नति गर्न, स्वास्थ्य, शिक्षाको सहज पहुँच गराउन स्थानीयको माग छ ।

“स्थानीयस्तरमै रोजगारीको अवसर हुनुप¥यो, स्वास्थ्य, शिक्षाको पहुँच हुनुप¥यो”, स्थानीय शेरबहादुर विक भन्छन् । पूरा गर्नसक्ने वाचाहरू मात्र गर्न र दुःख, सुखमा साथ दिन स्थानीय कालिका विकको सुझाव छ । यो समस्या लहरेनीगाउँको मात्र हैन, म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रको हो । राजनीतिक खिचातानी, धेरै आश्वासन देखाउने काम केही नगर्ने, भएको सामान्य काममा जस लिने होडले राजनीतिक दल र तिनका नेताप्रतिको वितृष्णा बढ्दो स्थानीयको बोलीमा सुन्न सकिन्छ ।

जसको असर अरु बेला कम देखिए पनि चुनावमा प्रत्यक्ष रूपमा देखिन थालेको छ । आउँदो निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । टोलटोलमा पुगेर भेला तथा घरदैलो गर्दै चुनावी भोट मागि रहेका छन् । तर गाउँ बस्तीमा भने चुनावको खासै रौनक देखिँदैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : १९ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र