२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

चुनावले नछोएको म्याग्दीको लहरेनी गाउँ



बेनी । म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार नजिकै पर्ने नगरपालिकाभित्रकै एउटा गाउँमा न त चुनावको रौनक छ, न उम्मेदवार भोट माग्न नै पुगेका छन् । बेनी नगरपालिका–३ मा पर्ने लहरेनी गाउँका २८ जना मतदातालाई चुनावको बारेमा केही पनि थाहा छैन ।

लहरेनी गाउँका टीकामाया विकलाई मङ्सिर ४ गते हुने निर्वाचनले छोएको छैन । अघिल्ला निर्वाचनमा पनि खासै चासो नदेखाएकी उनलाई यो निर्वाचन र उम्मेदवारप्रति कुनै आशा नै छैन । विकलाई मात्र हैन, लहरेनीे गाउँका अन्य मतदातालाई पनि उस्तै छ ।

दलितको बसोबास रहेको यो गाउँ बेनी बजारबाट एक घण्टाको पैदलयात्रापछि पुग्न सकिन्छ । अघिल्ला निर्वाचनमा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार भोट माग्न आउँथे तर यो वर्ष यहाँका मतदातालाई निर्वाचनको वास्तै छैन । जङ्गलको बीचमा रहेको यो वस्ती दुर्गम छ । यहाँसम्म यातायातका साधन पुग्न नसक्ने भएकाले उम्मेदवार पैदलभोट माग्न नआएका स्थानीय डेकबहादुर विकले बताए ।

यहाँका मतदातालाई निर्वाचन र उम्मेदवारप्रति वितृष्णा हुनुको कारण एउटै छ, नेताले चुनावको बेला विभिन्न वाचा गर्ने तर जितेर गएपछि बेवास्ता गर्ने इतिहास । चुनाव जितेर गएपछि जनता सामु गरेका वाचा भुल्ने गरेको विकको गुनासो छ । गाउँमा बिजुलीको समस्या छ । पानी दुःख सुख पुगेकै छ । तर गाउँमा रोजगार, स्वास्थ्य, शिक्षाको अवस्था नाजुक छ । बेरोजगारीकै कारण गाउँका युवा कि गाउँबाहिर छन् कि देश बाहिर । जीविकोपार्जनसँग जोडिएका काम गरी गाउँमै रोजगारी सिर्जना तथा भएको सडकको स्तरोन्नति गर्न, स्वास्थ्य, शिक्षाको सहज पहुँच गराउन स्थानीयको माग छ ।

“स्थानीयस्तरमै रोजगारीको अवसर हुनुप¥यो, स्वास्थ्य, शिक्षाको पहुँच हुनुप¥यो”, स्थानीय शेरबहादुर विक भन्छन् । पूरा गर्नसक्ने वाचाहरू मात्र गर्न र दुःख, सुखमा साथ दिन स्थानीय कालिका विकको सुझाव छ । यो समस्या लहरेनीगाउँको मात्र हैन, म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रको हो । राजनीतिक खिचातानी, धेरै आश्वासन देखाउने काम केही नगर्ने, भएको सामान्य काममा जस लिने होडले राजनीतिक दल र तिनका नेताप्रतिको वितृष्णा बढ्दो स्थानीयको बोलीमा सुन्न सकिन्छ ।

जसको असर अरु बेला कम देखिए पनि चुनावमा प्रत्यक्ष रूपमा देखिन थालेको छ । आउँदो निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । टोलटोलमा पुगेर भेला तथा घरदैलो गर्दै चुनावी भोट मागि रहेका छन् । तर गाउँ बस्तीमा भने चुनावको खासै रौनक देखिँदैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १० : १९ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी