२५ श्रावण २०८३, सोमबार | August 10, 2026

कृषिलाई आधुनिकीकरण गर्न पहल गर्नेछु : प्रदीप यादव



वीरगञ्ज । पूर्वमन्त्री एवं जसपाबा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले कृषकको सहजताका लागि विचौलिया हटाउन आफूले पहल गर्ने बताएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ को मनियारी र वडा नम्बर २३ को सबैठवा, प्रसौनी र इटीयाइमा घरदैलो कार्यक्रमका क्रममा मतदातासँग कुराकानीमा यादवले पर्साका कृषकको सहजताका निमित्त विचौलिया हटाउँदै कृषि उत्पादन सोझै उपभोक्ताको घरसम्म पुर्याउने योजना ल्याउन आफूले पहल गर्ने बताएका हुन् ।

‘पर्साका कृषक अहिले विचौलियाका कारण हैरान हुनुहुन्छ । उहाँहरुको उत्पादनलाई विचौलियाहरुले कम दरमा खरिद गरेर बजारमा महँगो मूल्यमा बेच्ने गरेका छन् । जसले कृषक र उपभोक्ता दुवैलाई घाटा छ,’ जसपा राजनीति समितिका सदस्यसमेत रहेका यादवले भने, ‘तर अब त्यस्तो हुँदैन उहाँहरुको उत्पादन सोझै उपभोक्तासम्म पुर्याउने किसानको उत्पादन, उपभोक्ताको भान्सा कार्यक्रम चलाउने मेरो योजना छ ।’

यादवले कृषिलाई आधुनिकीकरण गर्न र तालिम प्राप्त जनशक्ति बोलाएर जिल्लाका कृषकहरुको क्षमता अभिवृद्धि गर्ने योजना ल्याउन पनि आफूले पहल गर्ने बताए । छिमेकी मुलुक भारत र चिनले कृषिमा आधुनिकरण गरेर आफ्ना नागरिकको जीवनस्तर उकास्ने काम गरिरहेको बेला नेपालका कृषक भने पारम्परिक माध्यमबाट नै काम गर्न बाध्य भएको औल्याउँदै यादवले भने, ‘कृषिलाई आधुनिकरण गरेर यहाँ हुने कृषि उपजमा पनि वृद्धि गर्ने म योजनाहरु ल्याउन सरकारसँग पहल गर्छु ।’

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : २६ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय