११ बैशाख २०८१, मंगलबार | April 24, 2024

निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन : थापा



बुटवल । रुपन्देही-३ लाई यतिबेला देश विदेशमा रहेका नेपालीले विशेष महत्वका साथ हेरिरहेका छन् । स्थानीयतासँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाका स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाबाट साझा उम्मेदवार बनेका दीपक बोहोरा र मणिग्राम घर भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपाको गठबन्धनका उम्मेदवार बालकृष्ण खाणबीच प्रतिस्पर्धा हुने भएकाले यो क्षेत्र अन्यभन्दा बढी नै चर्चामा छ ।

यसै सन्दर्भमा तीन दलीय तालमेलका उम्मेदवार पाँच दलीय गठबन्धनभन्दा कसरी बलियो छ ? निर्वाचन जित्ने आधार के छन् भनि एमाले, राप्रपा, जसपा तालमेलको संयुक्त निर्वाचन परिचालन कमिटी रुपन्देही-३ का संयोजक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य स्वाती थापासँग गरिएको कुराकानी :

रुपन्देही-३ को निर्वाचनलाई विशेष नजरमा हेरिएको छ । बहालवाला गृहमन्त्री खाणलाई तपाईहरूको उम्मेदवार दीपक बोहोराले जित्ने आधार  के हुन् ?

निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन । जित हार त जनताको हातमा हुन्छ । विगतमा बहालवाला गृहमन्त्री मात्रै होइन वहालवाला प्रधानमन्त्री समेतलाई नेपाली जनताले हराएका छन् ।

खाणजी पटक पटक मन्त्री हुनुभयो, यतिबेला राज्यको शक्तिसाली मन्त्री पनि हुनुहुन्छ । म उहाँले भैरहवा, सेमलार, अमुवा, फर्साटिकरको लागि के गर्नुभयो रु भैरहवा विमानस्थलको समस्या समाधान भएको छैन् । भारतसँग रुट स्वीकृतिको लागि उहाँले संसद र मन्त्री परिषद्मा कति पहल गर्नुभयो, सिमावारीका व्यापारी पसल नचलेर माखा धपाउँदै बसेका छन्, भाडा तिर्न सकेका छैनन् तर चोरी तस्करी खुलमखुला छ । चोरी तस्करी रोकेर सीमावारीका व्यापारीलाई सहयोग गर्न गृहमन्त्री खाणलाई कसलाई रोकेको छ ? उद्योगी व्यवसायी सडक आन्दोलनमा छन् ती व्यवसायीको राहतको लागि बैंकिंक ब्याजदर घटाउन उहाँले मन्त्रीपरिषद्मा वा गर्भनरसँग कति पटक छलफल गर्नुभयो ? अहिले नै उहाँले धेरै काम गर्नुहुन्थ्यो तर अहिले केही नगर्ने अनि निर्वाचन जिताउनुस् म यसो गर्छु, उसो गर्छु भनेर गाउँगाउँमा ललीपप बाड्दै हिड्ने गृहमन्त्रीलाई सबैले चिनिसकेका छन् ।

रह्यो हाम्रो उम्मेदवारको बारे । बोहोराजी पाँच दशकदेखि रुपन्देहीकै राजनीतिमा सक्रिय हुनुहुन्छ, उहाँले नचिनेको घर, उहाँलाई नचिन्ने मान्छे यस क्षेत्रमा सायदै होलान् । यसैले रैथाने नेताको रुपमा परिचित बोहोराको जीत सुनिश्चित छ ।

रैथाने नेता भनेर के भन्न खोज्नुभएको ?

बोहोरा र भैरहवा पर्याबाची भन्दा पनि हुन्छ । उनले ३० को दशकदेखि यहाँको बाटोघाटो, बिजुली, स्कुल, स्वास्थ्य चौकी, अस्पताल, धार्मिक तथा सामाजिक संघसंस्था निर्माण र संरक्षणमा काम गरिरहेका छन् । खाणजीको त मतदाता नामावली समेत रुपन्देही(३ मा छैन । उहाँ कहिले कता, कहिले कता निर्वाचनमा चुनाव लड्दै हिड्नुहुनछ । अहिले पिन चुनावका लागि भनेर भैरहवाको प्रभातपथमा डेरा लिनु भएको छ रे । भैरहवाबासीले डेरावालाई बिदाई गर्ने छन्  ।

रुपन्देही विकामा बोहोराको के योगदान ?

यहाँका हरेक योजनामा बोहोराको पहलकद्मी छ । अहिले चलिरहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बेलहिया(बुटवल ६ लेन सडक, बेथरी–तामनगर निर्माणाधीन सडक, भैरहवा–परासी सडक, भैरहवा(लुम्बिनी तिलौराकोट सडक जस्ता गौरवका आयोजना हेरे पुग्छ । ०४२ सालताका भैलुभुज आयोजना रुपन्देहीमा ल्याएर समग्र जिल्लाको खेतलाई सिँचित गर्ने, गाउँगाउँमा विद्युतीकरण, गाउँगाउँमा सडक सन्जाल विस्तारमा उहाँको योगदान छ ।

जितको आधार के छ ?

जितको मुख्य आधार हाम्रो संयुक्त प्रतिबद्धता हो । हाम्रो क्षेत्र, जिल्ला, प्रदेश र सिंगो देशका जनताको जिवनस्तर कसरी उकास्ने भन्ने विषयमा दशकौंदेखि योजना, नीति र छलफल चलाएर अगाडी बढेका राष्ट्रवादी शक्तिहरूको तालमेल र जनविश्वास नै हाम्रो जितको आधार हो । अर्कोतर्फ गणीतिय हिसाबले पनि जितिसकेका छौं । तिन वटै मुख्य पार्टी एकै ठाउँ भएपछि परिणाम झन सशक्त भएको छ । दोब्बर मतले जित्दैछौं ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  २ : ३५ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना