४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपालीको गन्तब्य बनेको तीन देश : जहाँ एक वर्षमा एक लाखभन्दा बढी नेपाली रोजगारी खोज्दै पुगे



काठमाडौं । कोरोना महामारीकाबीच पनि एक वर्षको अवधिमा रोजगारी खोज्दै विश्वका तीन देशमा एक लाखभन्दा बढी नेपाली गएको पाइएको छ ।

एक वर्षको अवधिमा एक/एक लाखभन्दा बढी नेपाली रोजगारी खोज्दै गएका तीनवटै खाडी राष्ट्र हुन् । ती हुन्– साउदी अरेबिया, कतार र युनाइटेड अबर इमिरेट्स (युएई) ।

तीनवटै देशमा गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा एक लाखभन्दा बढी नेपाली गएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा ६ लाख ३० हजार ९० जना नेपाली विश्वका १४८ देश पुगेका थिए । तीमध्ये तीन वटा देशमा मात्र एक÷एक लाखभन्दा बढी नेपाली गएका थिए ।

वैदेशिक रोजगारीमा जानेमध्ये ४९ हजार १२८ जना महिला र ५ लाख ८० हजार ९६२ जना पुरुष थिए ।

रोजगारी खोज्दै गत आर्थिक वर्ष सबैभन्दा बढी नेपाली साउदी अरेबिया पुगेका थिए । उक्त वर्ष १ लाख ८८ हजार ६९२ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेको विभागले जनाएको छ ।

विभागका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा कतारमा १ लाख ८४ हजार ९२६ हजार र युएईमा १ लाख २२ हजार ६३५ जना नेपाली पुगेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको