२ पुस २०८२, बुधबार | December 18, 2025

गण्डकीका भाैतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त



पोखरा । गण्डकी प्रदेशमा एक पछि अर्को मन्त्रीलाई प्रदेश सरकारबाट बर्खास्त गर्न थालिएको छ । मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिएको दुईसाता नपुग्दै प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मन्त्रीबाट हटाएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेपछि उनलाई मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने उल्लेख छ । त्यसअघि मुख्यमन्त्रीले खड्कालाई हटाएको पत्राचार प्रदेश कार्यालयमा गरेका थिए ।

खड्काले कास्की क्षेत्र नं. २ ख बाट टिकटको आकांक्षी रहेका थिए । तर पार्टीले उनलाई टिकट नदिई विन्दुकुमार थापालाई दिएको थियो । त्यसपछि असन्तुष्ट भएका खड्काले थापालाई हराउन लागेको आरोप कांग्रेसकै नेता कार्यकर्ताले लगाएका थिए ।

यसअघि केहीदिन पहिले गोरखामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध लागेका उर्जामन्त्री हरिशरण आचार्यलाई पनि मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेका थिए ।

अब गण्डकीमा १० सदस्यीय मन्त्रिपरिषद् छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : २८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल