२२ माघ २०८२, बिहिबार | February 5, 2026

गण्डकीका भाैतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त



पोखरा । गण्डकी प्रदेशमा एक पछि अर्को मन्त्रीलाई प्रदेश सरकारबाट बर्खास्त गर्न थालिएको छ । मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरिएको दुईसाता नपुग्दै प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मन्त्रीबाट हटाएका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप लागेपछि उनलाई मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री पोखरेलले नै सम्हाल्ने उल्लेख छ । त्यसअघि मुख्यमन्त्रीले खड्कालाई हटाएको पत्राचार प्रदेश कार्यालयमा गरेका थिए ।

खड्काले कास्की क्षेत्र नं. २ ख बाट टिकटको आकांक्षी रहेका थिए । तर पार्टीले उनलाई टिकट नदिई विन्दुकुमार थापालाई दिएको थियो । त्यसपछि असन्तुष्ट भएका खड्काले थापालाई हराउन लागेको आरोप कांग्रेसकै नेता कार्यकर्ताले लगाएका थिए ।

यसअघि केहीदिन पहिले गोरखामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध लागेका उर्जामन्त्री हरिशरण आचार्यलाई पनि मुख्यमन्त्री पोखरेलले बर्खास्त गरेका थिए ।

अब गण्डकीमा १० सदस्यीय मन्त्रिपरिषद् छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ४ : २८ बजे

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर