२० आश्विन २०८३, मंगलबार | October 6, 2026

निर्वाचन सामग्रीसहित मतदानस्थलमा खटिए कर्माचारी



सिन्धुपाल्चोक । प्रतिनिधि सभा र प्रदेस सभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्माचारी मतदान केन्द्रमा खटिएका छन् । सदरमुकाम चौतारास्थित जिल्ला निर्वाचन कार्यलयबाट मतदान अधिकृतसहित सबै कर्मचारी मतदानका लागि आवश्यक ७२ प्रकारका सामाग्री बोकेर कार्य क्षेत्र लागेका हुन् ।

मतपेटिका, छेकबारा, स्वस्तिक छाप पितल(रबर, स्यानिटाइजर, मास्क, कैची, नेपाली कागज, फोटोकपि पेपर, डोरी, कलम, ग्लु स्टिक, सोसरलगाएतका ७२ प्रकारका चुनावी सामाग्री कर्माचारीले बुझेका छन् ।

७२ मध्ये निर्वाचन आयोगले ५७ प्रकारका सामाग्री पठाएको छ । आयोगले दिएको जिम्मेवारी अनुसार जिल्ला निर्वाचन कार्यलयले १५ प्रकारका सामाग्री व्यवस्थापन गरेको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताए ।

निर्वाचनका लागि सिन्धुपाल्चोकमा २ हजार ५ सय २६ जना कर्माचारी लागेका छन् । यहाँ १ सय ४५ मतदानस्थलमा ३ सय २० मतदान केन्द्र तोकिएको छ । सोमबार र मंलबार गरी १ सय २८ मतदान केन्द्रका कर्माचारीले चुनाव सामग्री बुझेका छन् ।

सिन्धुपाल्चोकमा मतदाताको कुल सङख्या २ लाख ६० हजार २ सय ७३ रहेको छ । यो सङख्यामा पुरुष मतदाता १ लाख ३४ हजार ८ सय १५ र महिला मतदाता १ लाख २५ हजार ४ सय ५८ रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा मतदाता सङख्या १ लाख ३० हजार ७ सय ९ रहेको छ । यसमा पुरुष ६७ हजार ६ सय ३१ र महिला मतदाता ६३ हजार ७८ रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ ९क० प्रदेश सभामा ६६ हजार ७ सय ५५ मतदाता रहेका छन् । यहाँ पुरुष मतदाता ३४ हजार ५ सय १ र महिला मतदाता ३२ हजार २ सय ५४ छन् । निर्वाचन क्षेत्र नम्बर १९ख० प्रदेशमा ६३ हजार ९ सय ५४ मतदाता रहेका छन् । यहाँ पुरुष मतदाता ३३ हजार १ सय ३० र महिला मतदाता ३० हजार ८ सय २४ रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा मतदाताको संख्या १ लाख २९ हजार ५ सय ६४ कायम रहेको छ । यहाँपुरुष ६७ हजार १ सय ८४ र महिला ६२ हजार ३ सय ८० रहेका छन् ।  प्रतिनिधिसभा क्षेत्र नम्बर २ ९क० प्रदेशसभामा ६२ हजार ७ सय ९२ मतदाता छन् । यसमध्ये पुरुष मतदाता ३२ हजार ७४ र महिला ३० हजार ८ सय ९८ रहेको छ । क्षेत्र नम्बर २ ९ख० प्रदेशसभा निर्वाचन क्षेत्रमा ६६ हजार ५ सय ९२ मतदाता रहेका छन् । यहाँ पुरुष ३५ हजार १ सय १० र महिला ३१ हजार४ सय ८२ छन् ।

जिल्लामा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवारमा १४ जना छन भने क्षेत्र न।२ प्रतिनिधिसभामा १३ जनाउम्मेदवार रहेका छन् । प्रतिनिधिसभा तर्फका प्रमुख दल र उम्मेदवारमा क्षेत्र नम्बर १ नेकपा एमालेका सरेश नेपाल, नेकपा माओवादी केन्द्रका ।माधव सापकोटा सुवोध ९गठबन्धन०, क्षेत्र नम्बर २ नेकपा एमालको शेर बहादुर तामाङ, नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत ९गठबन्धन०का उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा तीन घेराको चुनावी सुरक्षा योजना बनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : २३ बजे

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११

नारायणगढ बजार जोगाउन उद्योग व्यवसायीको माग

चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ