२२ माघ २०८२, बिहिबार | February 5, 2026

एमाले भन्ने पार्टी केपी ओली प्रालिमा परिणत भैसक्यो : तरुणदल अध्यक्ष गुरुङ



पर्वत । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले एमाले पार्टी केपी ओली प्रालिमा परिणत भैसकेको बताएका छन् । आज पर्वतको जलजलामा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले एमालेमा सिद्धान्तका कुरा उठाउनेको स्थान नभएको र मात्र केपी ओलीको प्रालि कम्पनी जस्तै बनिसकेको बताएका हुन् ।

उनले नेतृत्वको गलत कार्यको आवाज उठाउँदै गर्दा आज भिम रावल, घनश्याम भुसाल जस्ता पार्टीका बलिया नेता बहरगमित हुनपुगेको बताए । ओलीले नेपालीको भावनालाई कुल्ची रहेको आरोपसमेत उनले लगाएका छन् ।

पटक-पटक संसद विघटन गरेर ओलीले आफू महाराजा बन्ने सपना देखेर देशलाई दुर्घटनामा पार्न खोजेको आरोप लगाउँदै उनले यस पटक सत्ता गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

पार्टीभित्र केही असन्तुष्टि रहेता पनि मुलुकको आवश्यकताका कारण बाम लोकतान्त्रिक गठबन्धन बनेको बताउँदै उनले संविधानको रक्षा र मुलुकको विकासका लागि जनतालाई गठबन्धनको पक्षमा उभिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ८ : ४१ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं