६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

आफ्नो सदस्यलाई खुकुरी प्रहार गर्नेमाथि कडा कारवाहीको माग गर्दै नेपालगन्जमा तरुण दलको प्रदर्शन



नेपालगन्ज । आफ्नो सदस्यहरुलाई मरणासन्न हुने गरि खुकुरी प्रहार गर्ने दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै तरुण दल बाँकेले बाँके प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत तरुण दल बाँकेले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र पठाएको हो ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित चोकमा मुख छोपेर आएका ब्यक्तिले गत शनिबार बेलुकी करिव साढे ७ बजेतिर धारिलो हतियार प्रहार गर्दा तरुण दलका सदस्य द्वय राप्ती सोनारी-२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ -७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्ल गम्भीर घाइते भएका थिए । घाइते दुबैको भारतको लखनउमा उपचार भइरहेको छ ।

जुलुस सहित जिल्ला प्रशासन पुगेका तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाहले सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीलाई ज्ञापन पत्र हस्तान्तरण गरे । उक्त घटनामा संलग्न रहेको आरोपमा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्ती सोनारी(२ का वडाअध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओली, सोही ठाउँका नारायण डाँगी, रत्नबहादुर भण्डारी, विशाल बस्नेत र सन्दिप ओलीलगायतलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न केही ब्यक्तीहरु फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरु विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेर म्याद थप गरेर अनुसनधान थालेको छ ।

घटनामा संलग्न ब्यक्तीलाई बचाउन खोजिएको भन्दै गृहमन्त्रीलाई ज्ञापन पत्र पठाइएको हो । घटनामा संलग्नलाई बचाउने प्रयास गरिए तरुण दल चुप लागेर नबस्ने ज्ञापन पत्रमार्फत चेतावनी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको मुलगेटमा आयोजित कोण सभामा नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह, तरुण दल क्षेत्र नम्बर २ का अध्यक्ष धनराज बर्मा, तरुण दल नेपालगन्ज उपमहानगर अध्यक्ष संदिपजंग शाह, पीडित परिवारका सदस्यले दोषीलाई कडा कानुनी सजाय हुनुपर्ने माग गरेका थिए । ज्ञापत्र पत्र बुझाउनु अघि नेपाली कांग्रेस बाँकेको कार्यालय अगाडीबाट तरुण दलले प्रर्दशन समेत गरेको थियो ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ६ : १५ बजे

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध