१ माघ २०८२, बिहिबार | January 15, 2026

नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेशको सधारण सभा पुसमा हुने



बुटवल । नेपाल पत्रकार महासघ लुम्बिनी प्रदेश समितिको साधारण सभा पुस २ गते कपिलवस्तुमा हुने भएको छ । महासघको भालुवाङमा बसेको बैठकले साधारण सभाको मिति तोकेको हो ।

महासघको केन्द्रिय परिपत्र अनुशार सधारण सभा कपिलवस्तु शााखाको आतिथ्यतामा गर्ने गरि मिति तोकिएको छ । साथै वैठकले सो मिति अगामी प्रदेश मातहतका साधारण सभा नगरेका शाखाहरुलाई अधिवेशन सम्पन्न गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

वैठकपछि जारी महासघको विज्ञप्तिमा महासघका जिल्ला शाखाहरुलाई प्रदेश पार्षदहरुको विवरण उपलब्ध गराईदिन, सदस्यता नविकरणको विवरण एवं नयां सदस्यहरुको सिफारिस गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

साधारण सभा सम्पन्न गर्नका लागि विभिन्न तयारी समितिहरु गठन गर्ने निर्णय गरेको छ । महासघका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा मुल तयारी समिति गठन गरिएको छ । त्यसैगरि महासचिव बिक्रम खड्काको संयोजकत्वमा प्रचार प्रसार तथा सचिवालय समिति गठन भएको छ ।

त्यसैगरि कोषाध्यक्ष यमनाथ घिमिरेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन भएको छ । महासघले रुकुम पुर्वमा सदस्यता स्थानान्तरणका लागि आएका निवेदनहरु उपर छानविन गरि अनुमोदनका लागि केन्द्रिय समितिमा पढाउने निर्णय गरेको छ ।

त्यसैगरि मंसिर ४ पछि रुकुम पुर्वमा शाखा गठनका लागि तयारी अघि बढाउने निर्णय भएको छ । त्यसैगरि महासघको भालुवाङमा निमार्ण भैरहेको भवन तिव्र रुपमा अघि बढाउने निर्णय गरेको छ । साथै वैठकले कार्य समिति सदस्य टेक मास्की रानाको भर्खरै भएको निधनप्रति गहिरो दुख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।

उहांको उपचारमा सहयोग गर्ने सबैमा आभार प्रकट गरेको छ । वैठक अध्यक्ष बसन्त गिरीको अध्यक्षता र महासचिव बिक्रम खड्काको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १० : ०० बजे

ट्रक दुर्घटनामा पाँच जनाको मृत्यु

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-९ सोनयाहीमा आज ट्रक दुर्घटना

२४ औँ स्थापना दिवसमा कपिलवस्तुका १०१ विद्यार्थीलाई न्यानो कपडा वितरण

कपिलवस्तु । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले आफ्नो २४

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे

नेत्रविक्रम चन्द र मिराज ढुंगानाबीच चारबुँदे सहमति

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : शङ्कर पोखरेल

दाङ । एमाले महासचिव शङ्कर पोखरेलले दलहरू बलिया भए मात्र