२२ माघ २०८२, बिहिबार | February 5, 2026

बहुविवाहमा संलग्न भन्दै गृहमन्त्री खाँणविरुद्ध उजुरी



भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँण बहुविवाहमा संलग्न रहेको भन्दै उनको उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देही(३ मा उजुरी दर्ता भएको छ । पाँचदलीय गठबन्धनका उम्मेदवार समेत रहेका गृहमन्त्री खाँणविरुद्ध उम्मेदवारी खारेजी सहित कानुनी कारवाहीको माग गर्दै रुपन्देही ३ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको हो ।

यसअघि निर्वाचन आयोगमा दर्ता भएकोमा आयोगले सम्बन्धित क्षेत्रमा पुगेर उजुरी दर्ता गर्न भनियपछि सोही अनुसार दर्ता गर्न भैरहवा आएको अधिवक्ता समेत रहेकी जनताको आयोग महाअभियोग नेपालकी अभियन्ता तारा बरालले बताइन् । उजुरी दर्ता गरेर कार्यालयबाट निस्केपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नागरिकले बहुबिबाह गरेर जेल बस्नु पर्ने तर ठुला मान्छेले बहुबिबाह गर्दा चुनाव लड्न नमिल्ने बताइन् । ‘खाँण बहुविवाहमा संलग्न रहेकाले प्रमाण पाइएकाले उजुरी दर्ता गरिएको हो, खाँणले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ, देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाँण, काठमाडौंमा मञ्जु खाँण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’ उनले भनिन् ।

ठूला तथा सम्पत्तिवालाविरुद्धको मुद्दा तामेलीमा र सर्वसाधारणलाई जेलमा कोच्न नपाइने उनले बताइन् । निर्वाचन आयुक्तले सम्बन्धित जिल्लामा दर्ता गरेपश्चात प्रक्रिया अगाडि बढाइने बताए अनुरुप रुपन्देही क्षेत्र नम्बर ३ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको उनले जनाइन् ।

उजुरी बुझ्दै रुपन्देही क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले चुनाव चिन्ह वितरण भइसकेको अवस्थामा उजरी माथिको छानविन तथा कारवाही निर्वाचन आयोग काठमाडौबाट हुने बताए । उनले आफुले उजुरी बुझेर आयोगमा पठाइदिने पनि जनाए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  २ : ४८ बजे

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर