४ पुस २०८२, शुक्रबार | December 19, 2025

गठबन्धन १५ वर्षसम्म रहनुपर्छ : प्रधानमन्त्री देउवा



अछाम । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन १०–१५ वर्षसम्म जारी रहनुपर्ने बताएका छन् । चौरपाटी गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको अन्तिम चुनावी आमसभालाई बिहीबार सम्बोधन गर्दै देउवाले  एमाले अध्यक्ष केपी शर्मा ओलीको संविधानलाई नै धरापमा पार्ने कार्यविरुद्ध गठबन्धन बनेको बताउँदै राजनीतिक स्थायित्वको लागि गठबन्धन १०–१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताए ।

समृद्धि र आर्थिक विकास राजनीतिक स्थायित्वको लागि गठबन्धनका उम्मेदवारलाई जिताउनको आग्रह गरेका प्रधानमन्त्री देउवाले आफ्नो मन्त्रिपरिषदका सदस्य शेरबहादुर कुँवर योग्य र  सक्षम मन्त्री रहेको बताए । कुँवरलाई कलम, मेघराज खड्कालाई रुख र झपट साउदलाई गोलाकारभित्रको हसिंया हतौडमा मतदात गरेर विजय गराउन उनले मतदातालाई आग्रह गरे ।

देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने पनि दाबी गरे । नेपाल जलस्रोतको धनि भएकाले विद्युत् उत्पादनमा जोड दिने र विद्युत् बेचेरै नेपाल समृद्ध बनाउन सकिने बताउँदै प्रधानमन्त्री देउवाले  भारतसँग पश्चिम सेती आयोजनालाई अघि बढाउन पञ्चेश्वरको सहमति भएको जानकारी दिए ।

 

प्रकाशित मिति : १ मंसिर २०७९, बिहिबार  ५ : ०१ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता