१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कास्कीमा मतगणनाको तयारीः बन्द कोठाभित्र तारजाली र सिसी क्यामेरा



पोखरा । कास्कीमा मतदान अघि नै मतगणना स्थल तयारी अवस्थामा राखिएको छ । आइतबार हुने मतदानपछि ६ घण्टामा जिल्लाका सबै मतपेटिका संकलन भैसक्ने मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । उनका अनुसार अहिले सबै क्षेत्रको मतगणना स्थल तयारी अवस्थामा छ ।

कास्कीका १ सय ५० मतदानस्थलका ३ सय ४४ मतदान केन्द्रमा कर्मचारीहरु आवश्यक सामग्री सहित तयारी हालतमा छन् । जिल्लाको मतदाना सम्पन्न गर्न २ हजार ७ सय ५२ कर्मचारी खटाइएको छ । शुक्रबार नै सबै मतदान केन्द्रमा मतपत्र, मतपेटिका लगायत सबै सामग्री पु(याइएको छ ।

मतदानपछि कास्कीको मतगणना ३ ठाउँबाट हुने छ । क्षेत्र नम्बर १ को माटेपानीस्थित भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, क्षेत्र २ को पोखरा सभागृह हल र क्षेत्र ३ को जिल्ला समन्वय समिति ९जिसस० हलमा मतगणना हुँदैछ ।निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाउने बताए पनि कास्कीको सबै क्षेत्रमा तारजाली लगाएर मतगणना गरिने सूचना अधिकारी पौडेलले जानकारी दिए ।

कास्कीमा ९ सांसदका लागि प्रतिनिधिसभातर्फ ४६ र प्रदेशतर्फ ४५ गरी ९१ उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लामा २ लाख ९१ हजार ५ सय ६८ मतदाता छन् । अघिल्ला निर्वाचनहरुमा ७० प्रतिशत हाराहारीमा मत खसेको थियो । अहिलेको मतगणना समानुपातिक सहित ७ दिनभित्र सकिने मुख्य निर्वाचन अधिकृत खरेलले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ४७ बजे

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको