१७ माघ २०८२, शनिबार | January 31, 2026

सुकेधारामा ट्रकको ठक्करबाट दम्पत्तिको ज्यान गयो



काठमाडौं । काठमाडौंको सुकेधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको ज्यान गएको छ ।

ना ३ ख ५२४७ नम्बरको ट्रकले प्रदेश ३–०२–००६४–९७ २७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा पर्साको ठोरी गाउँपालिका–७ का मोटरसाइकल चालक कुमार राई र मोटरसाइकलमा सवार राईकी श्रीमती मेनुकाको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो ट्रकले ठक्कर दिएपछि उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ९ : १६ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले