२२ माघ २०८२, बिहिबार | February 5, 2026

बन्द नाकामा नेपाल भित्रनेको घुँइचो



नेपालगन्ज । आइतबार हुन गइरहेको निर्वाचनका लागि गएरातीदेखि नेपालगन्ज नाका बन्द गरिएको भएपनि नाकामा भारतबाट नेपाल फर्कनेहरुको घुँइचो लागेको छ । मंसीर ४ गतेको चुनावलाई लक्षित गरी स्थानीय प्रशासनले मंसीर १ गते राती १२ बजेदेखि ४ गते राती १२ बजेसम्म नाका बन्द गरेको भएपनि सूचनाको अभावमा नेपाल फर्कनेको घुँइचो लागेको हो ।

नाका बन्द भएपनि विहानै देखि भारतबाट आएका नेपालीहरु नेपाल भारतको नाकामा आइपुगेका छन् । नाका बन्दको सूचना नपाएर आएका नेपालीलाई दुबै देशका सुरक्षा निकायको समन्वयमा भित्रिन दिइएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले  जानकारी दिए । एसपी अधिकारीका अनुसार नेपालबाट विरामी या आपतमा परेकालाई भारततिर जान पनि दिइएको छ ।

नेपालगन्ज नाकाबाट मात्रै दैनिक ठूलो संख्याका मानिस ओहोर दोहोर गर्ने गर्छन् । चुनावले गर्दा नाका बन्द भएपनि थाहा नपाएका मानिस नाकासम्म आइपुगेका छन् । यस्तालाई स्थानीय प्रशासनले नरमनीति अपनाउदै आउन दिएको छ ।

सीमावर्ती जिल्ला अधिकारीको बैठकले मंसीर १ गते रातीदेखि ४ गते राती १२ बजेसम्म नाका बन्द गर्ने र नाकामा कडा निगरानी गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १० : १२ बजे

टी-२० विश्वकप वार्मअप : क्यानडालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले लगातार

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र गाडी चालक फरार

जनकपुरधाम । रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

काश्मिर समस्या समाधान बिना दक्षिण एसियामा दिगो शान्ति सम्भव छैन : पाकिस्तान

काठमाडौं । ‘काश्मिर एक्यवद्धता दिवस’को अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले एक

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन,

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ