५ पुस २०८२, शनिबार | December 20, 2025

महोत्तरीको चारै क्षेत्रका ४९९ मतदान केन्द्र र २५८ मतदानस्थलमा सम्पूर्ण तयारी पूरा



महोत्तरी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि महोत्तरीमा सबै क्षेत्रको तयारी पूरा भएको छ ।

जिल्लाका चार वटै क्षेत्रमा निर्धारण गरिएको ४९९ मतदान केन्द्र र २५८ मतदानस्थलमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकृत सुबोधकुमार महतोले जानकारी दिए ।

जिल्लामक चार निर्वाचन क्षेत्र छन् । भूगोलअनुसार नै मतदान केन्द्र र मतदानस्थलको व्यवस्थापन गरिएको छ ।

निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाको लागि ५९ वटा मतदानस्थल र १२३ वटा मतदान केन्द्र छन् ।जसमध्ये क मा ३१ वटा मतदानस्थल र ६५ वटा मतदान केन्द्र, ख मा २८ वटा मतदानस्थल र ५८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ ।

यस्तै, निर्वाचन क्षेत्र २ मा ६२ वटा मतदानस्थल र १२६ वटा मतदान केन्द्र रहेका छन् । जसमध्ये क मा २९ मतदानस्थल, ६० मतदान केन्द्र, ख मा ३३ मतदानस्थल र ६६ मतदान केन्द्र छन ।

निर्वाचन क्षेत्र ३ मा ७७ वटा मतदानस्थल र १२८ वटा मतदान केन्द्रगरी सवैभन्दा बढी छन्  ।  क मा ३३ मतदानस्थल र ६२ मतदान केन्द्र, ख मा ४४ मतदानस्थल र ६६ मतदान केन्द्र छन् ।

निर्वाचन क्षेत्र ४ मा ६० मतदानस्थल र १२२ मतदान केन्द्र छन । यसमध्य क मा २५ मतदानस्थल र ५८ मतदान केन्द्र, ख मा ३५ मतदानस्थल र ६४ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ ।

चारै क्षेत्रमा ३ लाख ९७ हजार मतदाता छन्  । जसमध्ये २ लाख १५ हजार  १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ११ : ३८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता