१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

गगन थापाले भने – सांसद भएको भोलिपल्टैदेखि संसदीयदलको निर्वाचनको तयारी गर्छु



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफु सांसदमा निर्वाचित भएको भोलिपल्टदेखि नै पार्टी संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार थापाले मैतीदेवी मतदान केन्द्रबाट मतदान गरेपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै सांसद निर्वाचित भएपछि पार्टीको संसदीय दलको निर्वाचन प्रक्रिया तयारी थाल्ने बताएका हुन् ।

थापाले संसदीय दलको नेताका लागि चुनावका लागि आफु पनि लड्ने योजना रहेको बताए । यसअघि नै थापाले नयाँ प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको बताउँदै आएका थिए । ‘मैले मेरो दाबी प्रस्तुत गरिसकेको छु। म सांसद भएर गएको भोलिपल्टदेखि संसदीय दलको निर्वाचनको तयारी गर्नेछु,’ संसदीय दलको निर्वाच्न जित्ने हो र ड्राइभिङ सिटमा बसेर देशलाई हाँक्ने हो भन्ने मेरो संकल्प हो।’

थापाले काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने दाबी समेत गरे ।

 

 

 

 

 

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ९ : १६ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम