१५ असार २०८३, सोमबार | June 30, 2026

छुटेको भए गएर मतदान प्रक्रियामा सहभागी भइदिनुस् : गगन थापा



काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले मतदान प्रक्रियामा सहभागी हुन सबैमा अपिल गरेका छन् ।

मतदान प्रक्रिया सकिनै लाग्दा उनले बाँकी रहेको समयमै मतदान केन्द्रमा गएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उनले एक मतले अबको पाँच वर्ष निर्धारण गर्ने भन्दै मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन् ।

आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका उनले भनेका छन्, ‘प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न अब केही समय मात्र बाँकी छ । तपाईँको मतले अबको हाम्रो पाँच वर्ष निर्धारण गर्नेछ। ’

आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ७ बजेसम्म चल्नेछ । सोही समयलाई मध्यनजर गर्दै उनले मतदान गर्न छुटेको भए बाँकी समयमै गएर मतदान गर्न आग्रह गरेका हुन् ।

‘यदि मतदान गर्नुभएको छैन भने अब बाँकी समयमा गएर मतदान गरिदिनु हुन सम्पूर्ण मतदाताहरूमा विनम्र अनुरोध,’ सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ४ : ४६ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै