१० भदौ २०८३, बुधबार | August 26, 2026

मतदान प्रक्रियामा सहभागी भएकोमा प्रधानमन्त्री देउवाद्वारा धन्यवाद ज्ञापन



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान प्रक्रियामा भाग लिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् ।

पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै देउवाले शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिएका हुन् ।

प्रधानमन्त्री देउवा निर्वाचन सफल गराउन खटिएका कर्मचारी र सुरक्षा निकायका साथै राजनीतिक दल, संचारकर्मीलाईं पनि धन्यवाद दिएका छन् ।

देउवाले संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।

उनले निर्वाचन सफल गराउन खटिने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवेक्षकहरुलाई पनि धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।

‘निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवेक्षकहरु लगायत सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। जय नेपाल ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ८ : ०६ बजे

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत