४ पुस २०८२, शुक्रबार | December 19, 2025

दाङमा मतगणना तयारी गरिँदै



दाङ । दाङमा साढे दुई लाख बढी मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार चार लाख १४ हजार नौ सय ४६ मतदातामध्ये तीन क्षेत्रमा गरी दुई लाख ५० हजार पाँच सय ४३ मत खसेको हो ।

दाङ क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय, क्षेत्र नं २ मा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ र क्षेत्र नं ३ मा एक लाख ४६ हजार चारसय ७५ मतदातामध्ये ९० हजार एक सय ५० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै तुलसीपुर कारागार अस्थायी मतदान केन्द्रमा तीन सय १४ मतदातामध्ये एक सय ३६ मत खसेको छ, भने अस्थायी मतदान केन्द्र घोराहीमा चार सय २८ मतदातामध्ये एक सय ११ जनाले मतदान गरेका छन् ।

यसैबीच जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याई राति अबेरसम्म रुजु गर्ने काम सम्पन्न भएको र केही समयपछि मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दाङ क्षेत्र नं १ को लमही नगरपालिका, क्षेत्र नं २ को जिल्ला समन्वय समितिको हल घोराही र क्षेत्र नं ३ को भू–तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरमा मतगणना हुँदैछ । जिल्लामा प्रतिनिधिसभाका लागि ४३ उम्मेदवार छन्, भने प्रदेशसभाका लागि ४६ उम्मेदवार छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ४२ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा