१९ आश्विन २०८३, सोमबार | October 6, 2026

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य



काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिलाको प्रतिनिधित्व शून्य देखिएको छ । कर्णाली प्रदेशका प्रत्यक्षतर्फको २४ सिटमा महिला र दलितको उपस्थिति नदेखिएको हो ।

कर्णालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले समान ९-९ सिट जितेका छन् । एमालेले पाँच सिट जितेको छ । एकजना मात्र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जसमध्ये अधिकांश खसआर्य पुरुषका बाहुल्यता छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सभाको ३२ सिटमा पनि महिला र दलित प्रतिनिधित्व देखिँदैन । यहाँ नेपाली कांग्रेसले १२ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको छ । आठ सिटसहित माओवादी केन्द्र दोस्रो दल बनेको छ ।

नागरिक उन्मुक्ति पार्टी पाँच, एमाले तीन, एकीकृत समाजवादीले तीन सिटमा जित निकालेका छन् । एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । याे प्रदेशमा पनि अधिकांशमा खस आर्य पुरुषकै बाहुल्यता देखिन्छ । यहाँ महिला र दलितको प्रतिनिधित्व पुर्‍याउन समानुपातिक सिटको भर पर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ४ : ५२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ । देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

म्याग्दी । पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला

उद्योग वाणिज्य र उपभोक्ता हित संघीय संसदीय समितिमा पश्चिम नेपालको आर्थिक समृद्धिको खाका प्रस्तुत

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले बाँके

सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी

तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

काठमाडौँ । मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक