२२ माघ २०८२, बिहिबार | February 5, 2026

देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना



काठमाडौं । सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ ।

प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता हासिल गरेका छन् । तर, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका अध्यक्षका निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भइसकेको छैन ।

मतपेटिका संकलन कार्य जारी रहेको भन्दै डडेल्धुरामा सोमबार दिउँसो १ बजेदेखि मतगणना सुरु हुने भएको छ । डडेल्धुरामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार छन् । उनीसँग कांग्रेस बीपीका कर्ण मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रतिस्पर्धामा छन् ।

एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पनि मतगणना सुरु नै हुन सकेको छैन । सो क्षेत्रमा मतगणनाका लागि सर्वदलीय बैठकसमेत बस्न सकेको छैन । झापा ५ कांग्रेसका डा।खगेन्द्र पाण्डव अधिकारी, स्वतन्त्र उम्मेदवार युग पाठक प्रतिस्पर्धामा छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा २ मा भने लफडा सुरु भएको छ । एमालेले धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन उजुरी दिएकाले त्यहाँ गणना हुन नसकेको हो । गोरखा २ मा एमालेबाट अब्दुस मिया उम्मेदवार छन् ।

माधवकुमार नेपालको निर्वाचन क्षेत्र रौतहट १ मा पनि मतगणना सुरु भएको छैन । दिउँसोबाट सुरु हुने गणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी छ । नेपाललाई एमाले उम्मेदवार अजय गुप्ताले टक्कर दिएका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी २ मा भने मतगणना सुरु भएको छ । अहिलेसम्म सो क्षेत्रमा जनमत पार्टीका सीके राउतले अग्रता हासिल गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  १२ : ३३ बजे

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न