२२ माघ २०८२, बिहिबार | February 5, 2026

सप्तरी-२ मा जनमत पार्टीका सिके राउतको निरन्तर अग्रता



सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष  डा. सिके राउतको अग्रता कायमै रहेको छ । राउतले एक हजार ६ सय ३४ मत प्राप्त गरि अग्रता कायम राखेका हुन् ।

जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव ६ सय ७० मत प्राप्त गरि दोस्रो स्थानमा छन् । त्यस्तै गठबन्धनका जयप्रकाश ठाकुर चार सय ९१ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

सप्तरी(२ (क) मा जनमत पार्टीका सतिस सिंहले एक हजार सात सय २९ मत प्राप्त गरि पहिलो स्थानमा छ । जनता समाज पार्टीका शैलेन्द्रप्रसाद साह आठ सय १४ मत प्राप्त  गरी दोस्रो स्थानमा र  लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल ६ सय १९ मत प्राप्त गरी तेस्रो स्थानमा छन् ।

सप्तरी २ (ख) मा जनमत पार्टीका महेश यादवले एक हजार चार सय ६७ मत प्राप्त गरि अग्रता कायम गरेका छन् । गठबन्धनका उमेश यादवले सात सय चार मत प्राप्त गरि दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव पाँच सय १३ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ३ : २५ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद