२२ माघ २०८२, बिहिबार | February 5, 2026

दाङ निर्वाचन क्षेत्र न १ र २ मा गठबन्धनको अग्रता



देउखुरी । दाङ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत तीन सय मत गन्दा गठबन्धनका उम्मेदवार मेटमणि चौधरीले एक सय २५ मत प्राप्त गरेका छन भने नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीले ६९ मत प्राप्त गरेकी छिन । स्वतन्त्र पार्टीका देवराज पाठकले ५४ मत प्राप्त गरेको प्रदेश १ निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रतिनिधिसभा दाङ क्षेत्र नं २ को दिउँसो ४ बजेसम्मको दुई हजार सात सय ८० मतगणना गर्दा सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेत्री रेखा शर्माले एक हजार चार सय ५० मतसहित अग्रता लिएका छन ।

उक्त क्षेत्रमा नेकपा एमालेका उम्मेदवार एवं महासचिव शङ्कर पोखरेलले आठ सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले दुई सय ८१ मत प्राप्त गरेका छन ।

अहिले घोराही उपमहानगरपालिका-१५ र १९ तथा बङ्गलाचुली गाउँपालिका-२, ५ र ८ बाट मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ५ : २९ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका